Tuesday 24th November 2026

अफगानिस्तानमा खडेरीको मार, पानीको जोहो गर्न महिलाको संघर्ष


अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १ करोड ७४ लाख मानिस खाद्य सहायता आवश्यक पर्ने अवस्थामा पुगेका छन्।

कुवा, मुहान र भूमिगत पानीका स्रोत सुक्दै गएपछि ग्रामीण क्षेत्रमा महिलाहरूले परिवारका लागि पानी ल्याउन लामो दूरी हिँड्नुपर्ने अवस्था छ। पानीको कमीका कारण खेतीबाली सुक्नुका साथै फलफूलका रुख नष्ट भइरहेका छन्, जसले खाद्य संकट झन् गम्भीर बनाएको छ।

राजधानी काबुलमा समेत पानी अभाव चर्किएको छ। धेरै परिवारले खाने, पकाउने र सरसफाइका लागि छुट्टाछुट्टै पानी खरिद गर्न बाध्य छन्। स्थानीय बासिन्दाले पर्याप्त सहयोग नपाएको गुनासो गर्दै सरकारले पानी वितरण प्रणाली सुधार गर्नुपर्ने माग गरेका छन्।
https://www.globalissues.org/news/2026/10/01/44229


सम्बन्धित शीर्षकहरु

नयाँदिल्ली, २३ नोभेम्बर। नेपाल र भारतबीच सुरक्षा, स्वास्थ्य, प्रविधि, शिक्षा, अनुसन्धान तथा कृषि क्षेत्रसहित आठवटा विषयमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर…

बेइजिङ, २३ नोभेम्बर। चीनले विकास गरेको नयाँ विद्युतीय यात्रुवाहक विमानले पहिलो पटक मानवसहितको परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ। चीनको…

तेहरान, २३ नोभेम्बर। अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्वकै महत्त्वपूर्ण समुद्री तेल आपूर्ति मार्ग होर्मुज जलडमरुमा तनाव थप चुलिएको…

प्रतिकृयाहरू
...