Thursday 1st October 2026

मदिनामा आक्रमण गरेको साउदी अरबको आरोप, हुथीको अस्वीकार


साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिना सहरको एक विद्युत् वितरण केन्द्रमा ड्रोन आक्रमण गरे पनि उक्त आक्रमणबाट एक ट्रान्सफर्मरमा मात्रै क्षति पुगेको र विद्युत् सेवा प्रभावित नभएको बताइएको छ।

गठबन्धनका अनुसार उक्त केन्द्रबाट मस्जिद-ए-नबवी मा विद्युत् आपूर्ति हुने गर्छ। साउदी पक्षले मुस्लिमहरूको आस्था माथि प्रहार गर्ने उद्देश्यले आक्रमण गरिएको आरोप लगाएको छ।

तर हुथी पक्षले आरोप अस्वीकार गर्दै त्यसलाई झुटो भएको जनाएको छ।

यसैबीच यमनको ताइज क्षेत्रमा सरकारी सेना र हुथी विद्रोहीबीच भीषण लडाइँ भएको छ। सरकारी सेनाले दर्जनौँ हुथी लडाकु मारिएको दाबी गरेको छ।

युद्धका कारण यमनमा विस्थापितको संख्या बढ्दै गएको छ। प्रभावितलाई सहयोग गर्न साउदी अरबले यमन सरकारलाई करिब ६ करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता दिने घोषणा गरेको छ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...