दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा दुई पाइलटबीच विवाद भएपछि विमानको मार्ग परिवर्तन गरिएको थियो।
घटनाका क्रममा विमानबाट आपत्कालीन संकेतहरू पठाइएपछि विमान अपहरण भएको आशंका फैलिएको थियो। त्यसपछि इजरायली वायुसेना सतर्क बनेको थियो र सुरक्षा अधिकारीहरूले आपत्कालीन तयारीसमेत गरेका थिए।
पछि प्राप्त जानकारीअनुसार यो अपहरण नभई पाइलटहरूबीचको विवादका कारण सिर्जिएको आपत्कालीन अवस्था रहेको बताइएको छ। विमान साउदी अरबको ताबुकस्थित विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरेको थियो।
फ्लाई दुबईले सबै यात्रु र चालक दल सुरक्षित रहेको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको जनाएको छ। यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउन अर्को विमान पठाउने तयारी गरिएको छ।