Monday 28th September 2026

युक्रेनले ड्रोनमार्फत रूसी क्षेत्रमा लडाकु रोवोट पठायो


युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा बढी दूरीसम्म पुर्‍याएको दाबी गरेको छ।

युक्रेनी सेनाका अनुसार यो पहिलो पटक हो, जब हवाई ड्रोनमार्फत लडाकु भूमिगत रोबोटलाई शत्रुपक्षको क्षेत्रमा पठाइएको हो। उक्त रोबोटलाई सैनिकको सट्टा जोखिमपूर्ण मिशनमा प्रयोग गरिएको बताइएको छ।

युक्रेनले यस अभियानबाट रूसी सेनालाई ठूलो क्षति पुगेको र केही क्षेत्र आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ। तर यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्।

–
https://www.yahoo.com/news/world/articles/3-000-russian-casualties-claimed-161053531.html?guccounter=1&guce_referrer=aHR0cHM6Ly9iYWFocmFraGFyaS5jb20v&guce_referrer_sig=AQAAADeZRt6DVzx8CeB7TeaCwmWe-gUreYMK1J-YChkc9MetMP9mrOjwMFFjBANpI9Ywe_0_DhVtncZWqnrNHV1qGRDXaUNi2jJSUt39UYw-342OEOG2-3EVkFd5jLEBfvOMfCnN4vf0BtJaUJ6bdw6jCVLkzR2maKoF7QcBFN3gDwme


सम्बन्धित शीर्षकहरु

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

प्रतिकृयाहरू
...