भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका कारण १ हजारभन्दा बढी घरमा क्षति पुगेको छ।
भारी वर्षाले बालीमा पनि ठूलो क्षति पुर्याएको छ, जसका कारण आगामी खेती प्रभावित हुने चिन्ता किसानहरूले व्यक्त गरेका छन्।
यस्तै, ओडिशामा नदीहरूमा पानीको सतह बढेपछि ७० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। वर्षाका कारण पुल तथा सडकमा क्षति पुगेपछि केही पर्यटकीय क्षेत्रसमेत बन्द गरिएको छ।