दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान समर्थित हुथी विद्रोहीको सञ्चारमाध्यमले प्रमुख बजार क्षेत्रमा आक्रमण भएको जनाएको छ।
उता, साउदी अरबले राजधानी रियाद तर्फ आइरहेका दुई हुथी ड्रोनलाई खसालेको दाबी गरेको छ। सुरक्षा अवस्थालाई ध्यानमा राख्दै रियादका विद्यालयहरूले एक साताका लागि अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेका छन्।
सन् २०१४ देखि जारी यमन युद्धमा हुथी विद्रोही र साउदी समर्थित सरकारी सेनाबीचको संघर्ष पछिल्लो समय फेरि चर्किंदै गएको छ।
https://www-tasnimnews-ir.translate.goog/en/news/2026/09/27/3707607/saudi-airstrikes-on-yemen-s-taiz-kill-7-injure-over-40-civilians?_x_tr_sl=en&_x_tr_tl=hi&_x_tr_hl=hi&_x_tr_pto=sge