Sunday 27th September 2026

अफगानिस्तानमा मानव तस्करीविरुद्ध ठूलो कारबाही, ११३ जनाको उद्धार


अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ।

प्रहरीका अनुसार ६ जना मानव तस्करले ती व्यक्तिहरूलाई अवैध मार्ग प्रयोग गरेर देशबाहिर लैजान खोजिरहेका थिए। सुरक्षा निकायले उनीहरूको योजना पत्ता लगाएर सबै ६ जनालाई पक्राउ गरेको छ।

कारबाहीका क्रममा तस्करहरूले प्रयोग गरेका ४ वटा सवारीसाधन र ३ वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

अधिकारीहरूले मानव तस्करीमा संलग्न हुनेलाई कडा कारबाही गरिने चेतावनी दिएका छन्।

रोजगारीको खोजीमा छिमेकी इरान पुग्न अवैध रूपमा यात्रा गर्ने क्रममा पछिल्लो दुई महिनामा निमरोजका मरुभूमि क्षेत्रमा तिर्खा र भोकका कारण कम्तीमा २६ जनाको मृत्यु भइसकेको बताइएको छ।


सम्बन्धित शीर्षकहरु

दक्षिण अफ्रिकाका दुई स्थानमा भएका छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।…

अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघ (यूएन) महासभामा विश्वका करिब १३० देशका नेता सहभागी भएका छन्। महासभामा युक्रेन युद्ध, गाजा युद्धविराम,…

थाइल्याण्डको राजधानी बैंककमा लगातारको भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ। बाढीका कारण करिब ४,९०० जनालाई सुरक्षित आश्रयस्थलमा सारिएको…

प्रतिकृयाहरू
...