Sunday 27th September 2026

संयुक्त राष्ट्रसंघको महासभामा युद्ध र शान्तिको चर्चा


अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघ (यूएन) महासभामा विश्वका करिब १३० देशका नेता सहभागी भएका छन्। महासभामा युक्रेन युद्ध, गाजा युद्धविराम, अमेरिका–इरान सम्बन्ध र कृत्रिम बुद्धिमत्ता (एआई) का जोखिमबारे विशेष छलफल भइरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र ब्राजिलका राष्ट्रपति लुला दा सिल्भा लगायतका नेताले महासभालाई सम्बोधन गरेका छन्।

राष्ट्रपति ट्रम्पले इरानसँगको तनाव समाधानका लागि कूटनीतिक प्रयास जारी रहेको बताएका छन्। उनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भेट गरी रूस–युक्रेन युद्ध अन्त्यका उपायबारे पनि छलफल गरेका छन्।

फ्रान्सका राष्ट्रपति म्याक्रोँले न्यायबिना स्थायी शान्ति सम्भव नहुने बताएका छन्। यता, टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले गाजाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

विश्वभर बढ्दो द्वन्द्व र तनावका बीच यस वर्षको महासभालाई शान्ति र कूटनीतिक समाधान खोज्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।


सम्बन्धित शीर्षकहरु

दक्षिण अफ्रिकाका दुई स्थानमा भएका छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।…

अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघ (यूएन) महासभामा विश्वका करिब १३० देशका नेता सहभागी भएका छन्। महासभामा युक्रेन युद्ध, गाजा युद्धविराम,…

थाइल्याण्डको राजधानी बैंककमा लगातारको भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ। बाढीका कारण करिब ४,९०० जनालाई सुरक्षित आश्रयस्थलमा सारिएको…

प्रतिकृयाहरू
...