Sunday 27th September 2026

कालीगण्डकीको बाढीले पुल बगायो, पहिरोमा पुरिएकाको खोजी हुँदै


म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा कालीगण्डकी नदीमा आएको बाढीले पोखरेबगर र नौलीबगर जोड्ने पुल बगाएको छ। पुल बगेपछि अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर २, ३ र ४ सहित मुस्ताङसँगको सडक सम्पर्क विच्छेद भएको छ।

यस्तै, अन्नपूर्ण–५ गिवाङ र अन्नपूर्ण–३ फगाममा पहिरोले दुई घर पुरिएका छन्। घरमा परेका दुई जनाको खोजी कार्य जारी रहेको जनाइएको छ।

बेनी–जोमसोम सडकको खामभित्तामा कालीगण्डकी नदीले सडक कटान गरेको छ भने अन्नपूर्ण–४ घरापस्थित निलगिरि आधारभूत विद्यालयमा पनि क्षति पुगेको छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीले प्रभावित क्षेत्रमा उद्धार तथा क्षति मूल्याङ्कन कार्य गरिरहेका छन्।


सम्बन्धित शीर्षकहरु

थाइल्याण्डको राजधानी बैंककमा लगातारको भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ। बाढीका कारण करिब ४,९०० जनालाई सुरक्षित आश्रयस्थलमा सारिएको…

लगातार चार दिनदेखि परेको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्या बढ्दै गएको छ। नदीहरूमा पानीको बहाव…

लगातारको वर्षासँगै मनाङको नासोँ गाउँपालिका–१ स्थित तालगाउँ उच्च जोखिममा परेको छ। मर्स्याङ्दी नदीले धार परिवर्तन गरी गाउँतर्फ बगेपछि स्थानीयवासी त्रसित…

प्रतिकृयाहरू
...