Tuesday 24th November 2026

ट्रम्पद्वारा इरानको होर्मुज जलडमरूमध्य खोल्ने प्रस्ताव अस्वीकार


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरूमध्य पुनः खोल्ने सम्बन्धमा दिएको नयाँ प्रस्तावलाई अस्वीकार गरेका छन्। इरानले जलमार्ग खुला गर्ने र दुई देशबीच वार्ता पुनः सुरु गर्ने प्रस्ताव राखे पनि त्यसका लागि अमेरिकाले केही पुराना मागहरू पूरा गर्नुपर्ने शर्त अघि सारेको थियो।

इरानका विदेशमन्त्री अब्बास अराघचीले प्रस्ताव स्वीकार भएमा सात दिनभित्र समुद्री यातायात सामान्य बनाउन सकिने बताएका छन्। तर ट्रम्पले इरान युद्धमा कमजोर अवस्थामा रहेको दाबी गर्दै यस्तो सम्झौता अमेरिकाका लागि स्वीकार्य नहुने बताएका छन्।

इरानले भने आफ्ना शर्तहरू पूरा नभएसम्म होर्मुज जलडमरूमध्य खोल्ने निर्णय नगर्ने जनाएको छ। उता ह्वाइट हाउसले मध्यस्थकर्तामार्फत सकारात्मक छलफल भइरहेको बताए पनि अमेरिका हतारमा नरहेको स्पष्ट गरेको छ।

यस घटनाले अमेरिका–इरान सम्बन्ध र विश्व ऊर्जा आपूर्तिमा महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्यको भविष्यबारे अनिश्चितता थप बढाएको छ।


सम्बन्धित शीर्षकहरु

नयाँदिल्ली, २३ नोभेम्बर। नेपाल र भारतबीच सुरक्षा, स्वास्थ्य, प्रविधि, शिक्षा, अनुसन्धान तथा कृषि क्षेत्रसहित आठवटा विषयमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर…

बेइजिङ, २३ नोभेम्बर। चीनले विकास गरेको नयाँ विद्युतीय यात्रुवाहक विमानले पहिलो पटक मानवसहितको परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ। चीनको…

तेहरान, २३ नोभेम्बर। अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्वकै महत्त्वपूर्ण समुद्री तेल आपूर्ति मार्ग होर्मुज जलडमरुमा तनाव थप चुलिएको…

प्रतिकृयाहरू
...