हुम्लामा पछिल्लो ४८ वर्षयताकै ठूलो वर्षा भएको छ। मौसम तथा जलवायु विज्ञान कार्यालयका अनुसार शुक्रबार दिउँसोदेखि शनिबार दिउँसोसम्मको २४ घण्टामा सदरमुकाम सिमकोटमा ११४.८ मिलिमिटर वर्षा मापन गरिएको छ।
मौसमविद्हरूका अनुसार सिमकोटमा सन् १९७८ यता भएको यो सबैभन्दा ठूलो वर्षा हो। भारी वर्षापछि हुम्लासहित जाजरकोट, कालीकोट, मुगु, जुम्ला र सल्यानका विभिन्न स्थानमा पहिरो गएको छ।
सम्बन्धित जिल्लाका प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।