Saturday 26th September 2026

ग्रिसको एथेन्समा विस्फोट, ६ जनाको मृत्यु


ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र एक वृद्ध दम्पती रहेका छन्। ग्यास चुहावटका कारण विस्फोट भएको आशंका गरिएको छ।

विस्फोटपछि तीन तले पुरानो भवन पूर्ण रूपमा भत्किएको थियो। घटनामा केही अन्य व्यक्ति घाइते भएका छन् भने आसपासका भवनमा पनि क्षति पुगेको छ।

उद्धार टोलीले भग्नावशेष हटाएर खोजी गरेपछि सबै बेपत्ता व्यक्तिको शव फेला पारेको छ। घटनाबारे थप अनुसन्धान जारी छ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने…

ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र…

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक…

प्रतिकृयाहरू
...