Saturday 26th September 2026

सप्तरीमा बाढीको कहर, १ सय ५७ घर डुबानमा


सप्तकोशी नदीमा आएको बाढीका कारण सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका १ सय ५७ घर डुबानमा परेका छन्।

तिलाठी कोइलाडीका १७ घर तथा हनुमाननगर कंकालिनीका १ सय ४० घरमा बाढी पसेपछि स्थानीय बासिन्दा विस्थापित भएका छन्। घरभित्र पानी पसेर खाद्यान्न तथा अन्य सामग्रीमा क्षति पुगेको छ।

बाढी प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने स्थानीय तह र सुरक्षा निकायले राहत तथा उद्धारको काम गरिरहेका छन्। बाढीका कारण प्रभावित क्षेत्रमा खानपिन र बसोबासको समस्या बढेको छ।

स्थानीयका अनुसार सप्तकोशी नदीमा पानीको बहाव बढ्नेबित्तिकै यस क्षेत्रमा हरेक वर्ष बाढीको समस्या दोहोरिने गरेको छ।


सम्बन्धित शीर्षकहरु

पाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते गर्ने निर्णय गरेको छ। शनिबार…

रुसले युक्रेनसँगको युद्धमा सैनिकहरूको मनोबल बढाउन ६ सय वर्षभन्दा पुरानो सन्त योद्धा दिमित्री दोन्स्कोयको अवशेष युद्ध मोर्चामा पठाएको छ। रुसी…

खोटाङ–कुवेत सम्पर्क मञ्चको सातौँ अधिवेशन हिँजो २५ सेप्टेम्बर २०२६ शुक्रबार कुवेतको खैतानस्थित राजधानी होटलको सभाहलमा सम्पन्न भएको छ। अधिवेशनले अघिल्लो…

प्रतिकृयाहरू
...