Friday 25th September 2026

बाढीपहिरोका कारण देशका मुख्य सडक अवरुद्ध


अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य सडक अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ र बीपी राजमार्गमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ।

धादिङको कृष्णभीरसहित पृथ्वी राजमार्गका सात स्थानमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा बन्द गरिएको छ। चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड पनि अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ।

यस्तै, ललितपुरतर्फ कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खसेको छ भने काभ्रेको रोशी क्षेत्रमा पहिरोका कारण बीपी राजमार्ग पनि अवरुद्ध भएको छ।

जोखिम बढेकाले केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा पनि रोक लगाइएको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...