Friday 25th September 2026

पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई हमला


पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च गर्ने र भण्डारण गर्ने केन्द्र भएको आशंकामा निशाना बनाइएको हो।

पाकिस्तानले अफगानिस्तानबाट आएका केही ड्रोनहरू आफ्नो हवाई सुरक्षाले लक्ष्यमा पुग्नुअघि नै खसालेपछि जवाफी कारबाहीस्वरूप हमला गरिएको दाबी गरेको छ। उनका अनुसार हमलाहरू निकै सटीक ढंगले गरिएको थियो।

तर अफगानिस्तानको तालिबान सरकारले यी आरोप अस्वीकार गर्दै आफ्नो भूमिबाट कुनै ड्रोन नपठाइएको जनाएको छ। तालिबानका अधिकारीहरूले पाकिस्तानको हमलामा खोस्त र पक्तिया क्षेत्र प्रभावित भए पनि कुनै मानवीय क्षति नभएको दाबी गरेका छन्।

पछिल्ला केही वर्षदेखि पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ। पाकिस्तानले सीमापार सक्रिय सशस्त्र समूहलाई अफगानिस्तानले आश्रय दिइरहेको आरोप लगाउने गरेको छ भने तालिबान सरकारले यस्तो आरोप बारम्बार अस्वीकार गर्दै आएको छ।

यस घटनाले दुई छिमेकी देशबीचको तनाव थप बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...