Tuesday 24th November 2026

उत्तर कोरियाद्वारा दुई मिसाइल परीक्षण


उत्तर कोरियाले आइतबार आफ्नो पूर्वी तटीय क्षेत्रबाट दुईवटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ। करिब तीन घण्टाको अन्तरमा भएका यी परीक्षणले कोरियाली प्रायद्वीपमा फेरि तनाव बढाएको छ।

दक्षिण कोरियाका अनुसार पहिलो मिसाइल करिब ४५० किलोमिटर र दोस्रो ६०० किलोमिटरभन्दा बढी दूरीसम्म उडेको थियो। दुवै मिसाइल जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेका थिए।

दक्षिण कोरिया, जापान र अमेरिकाले यस कार्यको निन्दा गर्दै यो संयुक्त राष्ट्रसंघका प्रस्तावहरूको उल्लङ्घन भएको बताएका छन्। जापानले औपचारिक विरोधसमेत जनाएको छ।

उत्तर कोरियाले भने अमेरिका, दक्षिण कोरिया र जापानको संयुक्त सैन्य अभ्यासले क्षेत्रीय तनाव बढाएको आरोप लगाएको छ। नेता किम जोङ उनकी बहिनी किम यो जोङले देशको परमाणु शक्ति विस्तार गर्ने नीति नबदलिने चेतावनी दिएकी छन्।


सम्बन्धित शीर्षकहरु

नयाँदिल्ली, २३ नोभेम्बर। नेपाल र भारतबीच सुरक्षा, स्वास्थ्य, प्रविधि, शिक्षा, अनुसन्धान तथा कृषि क्षेत्रसहित आठवटा विषयमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर…

बेइजिङ, २३ नोभेम्बर। चीनले विकास गरेको नयाँ विद्युतीय यात्रुवाहक विमानले पहिलो पटक मानवसहितको परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ। चीनको…

तेहरान, २३ नोभेम्बर। अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्वकै महत्त्वपूर्ण समुद्री तेल आपूर्ति मार्ग होर्मुज जलडमरुमा तनाव थप चुलिएको…

प्रतिकृयाहरू
...