Monday 21st September 2026

मध्यपूर्वमा फेरि युद्दको जोखिम बढ्दै


इरानले अमेरिका नयाँ सैन्य आक्रमणको तयारीमा रहेको दाबी गर्दै, हमला भएमा कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। इरानले अमेरिकी हमला भएमा कुनै सीमा बिना जवाफ दिने चेतावनी दिएको हो। इरानले आफ्नो सर्त पूरा नभएसम्म हर्मुज जलडमरूमध्य (Strait of Hormuz) नखोल्ने अडान पनि दोहोर्‍याएको छ। यो जलमार्ग विश्व तेल व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग या त सम्झौता गर्ने, नभए कडा दबाब र कारबाही जारी राख्ने बताएका छन्। उनको भनाइको अर्थ वार्ता प्रकृया अगाडि नबढेमा इरानलाई ध्वस्त पार्ने सम्मको कारवाही हुने हो ।

यमनमा हुथी विद्रोही र साउदी समर्थित फौजबीचको लडाइँ जारी रहँदा थप मानवीय क्षति भएको छ। त्यसैगरी इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाको राजधानी रियादमा मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेका छन्। साउदी अरबले भने आक्रमणलाई रोकिएको र कुनै क्षति नभएको जनाएको छ।

यस घटनाको इजिप्ट, जोर्डन र कुवेतले निन्दा गरेका छन्। क्षेत्रीय तनाव बढ्दै जाँदा तेलको मूल्य पनि पुनः बढ्न थालेको छ।

कतारले खाडी क्षेत्रमा तनाव थप नबढाउन र सबै देशको सार्वभौमिकताको सम्मान गर्न आग्रह गरेको छ। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले खाडी क्षेत्रमा तनाव बढाउने गतिविधिबाट बच्न आग्रह गर्दै सबै देशको सार्वभौमिकताको सम्मान हुनुपर्ने बताएका छन्।

यसैबिच इरानका सांसदहरूले देशलाई परमाणु अप्रसार सन्धि (NPT) बाट बाहिर निकाल्ने प्रस्ताव संसदमा दर्ता गरेका छन्।

गाजाका अस्पतालहरू इन्धन अभावका कारण संकटमा परेका छन्, जसले स्वास्थ्य सेवा प्रभावित हुने चिन्ता बढाएको छ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने भएका…

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री प्राकृतिक विपद् उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक…

उत्तर कोरियाले आइतबार आफ्नो पूर्वी तटीय क्षेत्रबाट दुईवटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ। करिब तीन घण्टाको अन्तरमा भएका…

प्रतिकृयाहरू
...