अमेरिकाले युक्रेनलाई २.६८ अर्ब अमेरिकी डलर बराबरको हवाई रक्षा प्रणाली तथा सम्बन्धित उपकरण बिक्री गर्न स्वीकृति दिएको छ। प्रस्तावित सहयोगमा विभिन्न प्रकारका मिसाइल, लन्चर, ड्रोन प्रतिरोधी राडार तथा अन्य सुरक्षा उपकरण समावेश छन्।
रुसी आक्रमण तीव्र बन्दै जाँदा र युक्रेनमा हवाई रक्षा सामग्रीको अभाव देखिएपछि कीभले अमेरिकासँग थप सहयोगको आग्रह गरेको थियो। यो प्रस्ताव अब अमेरिकी कंग्रेसको समीक्षा प्रक्रियामा जानेछ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार सम्झौता अन्तिम भएमा खर्च युरोपेली सहयोग र अमेरिकी सैन्य वित्तीय कार्यक्रममार्फत जुटाइनेछ।