Tuesday 24th November 2026

अमेरिका–डेनमार्कबीच ग्रिनल्याण्ड सुरक्षा सम्झौता


अमेरिका, डेनमार्क र ग्रिनल्याण्डबीच ग्रिनल्याण्डको सुरक्षासम्बन्धी नयाँ सम्झौता भएको घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताले ग्रिनल्याण्डको सुरक्षामा अमेरिकालाई स्थायी भूमिका दिने र रुस तथा चीनजस्ता अमेरिकी प्रतिद्वन्द्वी राष्ट्रलाई त्यहाँ सैन्य अड्डा स्थापना वा संवेदनशील क्षेत्रमा लगानी गर्न रोक लगाउने बताएका छन्। ट्रम्पले तत्काल ग्रिनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गरिने पनि बताएका छन्।

डेनमार्क र ग्रिनल्याण्डले सम्झौताले आफ्नो सार्वभौमिकता तथा आत्मनिर्णयको अधिकारलाई सम्मान गर्दै आर्कटिक क्षेत्रको सुरक्षा सुदृढ बनाउने बताएका छन्। सम्झौताको पूर्ण विवरण सार्वजनिक गरिएको छैन, तर आगामी साता संयुक्त राष्ट्रसंघ महासभाको अवसरमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

ग्रिनल्याण्डको रणनीतिक महत्व, सैन्य अवस्थिति र दुर्लभ खनिज सम्पदाका कारण अमेरिका लामो समयदेखि त्यहाँ आफ्नो प्रभाव बढाउन इच्छुक रहेको छ।


सम्बन्धित शीर्षकहरु

नयाँदिल्ली, २३ नोभेम्बर। नेपाल र भारतबीच सुरक्षा, स्वास्थ्य, प्रविधि, शिक्षा, अनुसन्धान तथा कृषि क्षेत्रसहित आठवटा विषयमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर…

बेइजिङ, २३ नोभेम्बर। चीनले विकास गरेको नयाँ विद्युतीय यात्रुवाहक विमानले पहिलो पटक मानवसहितको परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ। चीनको…

तेहरान, २३ नोभेम्बर। अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्वकै महत्त्वपूर्ण समुद्री तेल आपूर्ति मार्ग होर्मुज जलडमरुमा तनाव थप चुलिएको…

प्रतिकृयाहरू
...