Tuesday 24th November 2026

फ्रान्सका विद्यालयमा बाल यौन दुर्व्यवहार काण्ड


फ्रान्समा विद्यालयअघि र विद्यालयपछि बालबालिकाको हेरचाह गर्ने केही कर्मचारीमाथि दुर्व्यवहारको आरोप लागेपछि ठूलो विवाद भएको छ।

हालै पेरिसको अदालतले ५ देखि १० वर्ष उमेरका ९ जना बालबालिकामाथि यौन दुर्व्यवहार गरेको ठहर गर्दै एक विद्यालय सहायकलाई दोषी घोषणा गरेको छ। उनलाई भविष्यमा बालबालिकासँग काम गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ।

यस घटनापछि पेरिसमा १९५ जना विद्यालय सहायकलाई निलम्बन गरिएको छ। तीमध्ये ७४ जनामाथि यौन दुर्व्यवहारको शंका छ। प्रहरीले २०० भन्दा बढी घटनाको अनुसन्धान गरिरहेको छ।

अभिभावकहरूले दोषीमाथिको सजाय पर्याप्त नभएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले वर्षौंदेखि उठाइएका गुनासाहरूलाई सम्बन्धित निकायले बेवास्ता गरेको आरोप पनि लगाएका छन्।

विवाद बढेपछि फ्रान्स सरकारले विद्यालयमा सुरक्षा व्यवस्था कडा बनाउने, कर्मचारीलाई थप तालिम दिने र बालबालिकासँग कुनै कर्मचारीलाई एक्लै नराख्ने जस्ता नयाँ नियम लागू गर्ने घोषणा गरेको छ।


सम्बन्धित शीर्षकहरु

नयाँदिल्ली, २३ नोभेम्बर। नेपाल र भारतबीच सुरक्षा, स्वास्थ्य, प्रविधि, शिक्षा, अनुसन्धान तथा कृषि क्षेत्रसहित आठवटा विषयमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर…

बेइजिङ, २३ नोभेम्बर। चीनले विकास गरेको नयाँ विद्युतीय यात्रुवाहक विमानले पहिलो पटक मानवसहितको परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ। चीनको…

तेहरान, २३ नोभेम्बर। अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्वकै महत्त्वपूर्ण समुद्री तेल आपूर्ति मार्ग होर्मुज जलडमरुमा तनाव थप चुलिएको…

प्रतिकृयाहरू
...