Wednesday 16th September 2026

हर्मुज क्षेत्रमा तेल ट्यांकर आक्रमणबारे अमेरिका–इरानबीच विवाद


अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा एक तेल ट्यांकर नौसैनिक बारुदी सुरुङसँग ठोक्किएको दाबीलाई अस्वीकार गरेको छ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार पनामा झण्डा बोकेको एल गाइया नामक तेल ट्यांकरलाई गत महिना इरानी मिसाइलले आक्रमण गरेको थियो। त्यसपछि गत सप्ताहन्तमा ओमानको तट नजिक फेरि ड्रोन आक्रमण गरिएको सेन्टकमले जनाएको छ।

इरानी समाचार संस्था फार्सले भने ट्यांकर बारुदी सुरुङमा ठोक्किएर विस्फोट भएको र आगलागी भएको दाबी गरेको छ।

अन्तर्राष्ट्रिय समुद्री निकायका अनुसार जहाज दुर्घटनाग्रस्त भए पनि कारण स्पष्ट हुन सकेको छैन।

उक्त जहाजमा रहेका १४ भारतीय चालकदलमध्ये १३ जनाको उद्धार गरिएको छ भने एक जना अझै बेपत्ता रहेको बताइएको छ। घटनालाई लिएर अमेरिका र इरानले फरक–फरक दाबी गरेपछि क्षेत्रीय तनाव थप बढेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा एक तेल ट्यांकर नौसैनिक बारुदी सुरुङसँग ठोक्किएको दाबीलाई अस्वीकार गरेको छ।…

नेपालले २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबल प्रतियोगितामा बुधबार घरेलु टोली जापानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ४ः०५ बजे जापानको…

चीनले सांघाई नजिकको समुद्री क्षेत्रबाट एकैपटक ९ वटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। बुधबार बिहान ग्राभिटी–१ वाई३ रकेटमार्फत प्रक्षेपण…

प्रतिकृयाहरू
...