Tuesday 24th November 2026

फिलिपिन्सको बङ्गसामोरो क्षेत्रमा ऐतिहासिक चुनाव


फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब २४ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ।

यो क्षेत्र विगतमा द्वन्द्व, विद्रोह र हिंसाबाट प्रभावित थियो। अहिलेको चुनावलाई यस क्षेत्रलाइ स्वशासन स्थापना गर्ने र शान्ति प्रक्रियालाई मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

चुनावअघि भएका हिंसात्मक घटनामा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। यद्यपि, George Erwin Garcia, Election Commission का अध्यक्षले अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको बताएका छन्।

पूर्व विद्रोही नेता Murad Ebrahim ले पनि मतदान गरेका छन्। उनी पहिले Moro Islamic Liberation Front का प्रमुख थिए र बङ्गसामोरो स्वशासन आन्दोलनका प्रमुख नेतामध्ये एक मानिन्छन्।

हिंसापछि Cotabato City मा सुरक्षा व्यवस्था कडा बनाइएको छ र त्यहाँको अवस्था निर्वाचन आयोगले प्रत्यक्ष निगरानीमा राखेको छ।


सम्बन्धित शीर्षकहरु

नयाँदिल्ली, २३ नोभेम्बर। नेपाल र भारतबीच सुरक्षा, स्वास्थ्य, प्रविधि, शिक्षा, अनुसन्धान तथा कृषि क्षेत्रसहित आठवटा विषयमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर…

बेइजिङ, २३ नोभेम्बर। चीनले विकास गरेको नयाँ विद्युतीय यात्रुवाहक विमानले पहिलो पटक मानवसहितको परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ। चीनको…

तेहरान, २३ नोभेम्बर। अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्वकै महत्त्वपूर्ण समुद्री तेल आपूर्ति मार्ग होर्मुज जलडमरुमा तनाव थप चुलिएको…

प्रतिकृयाहरू
...