Sunday 19th May 2024

अन्तर्राष्ट्रिय झापाली समाजको लगानी १ अर्व पुर्याउने घोषणा


तितोपाटी – दोहा सम्मेलनको ५० करोडको उत्पादनशिल क्षेत्रमा लगानीको लक्ष्यलाई १ अर्व पुर्याउने घोषणा गर्दै ‘अन्तर्राष्ट्रिय झापाली समाज’को दास्रो सम्मेलन कोरियामा सम्पन्न भएको छ । यहिँ सेप्टेम्बर २४, २५ र २६ मा सिओलमा सम्पन्न सम्मेलनले व्यापारीक प्रतिष्ठान मार्फत विश्वभरी छरिएर रहेका झापालीहरुको लगानीलाई एकत्रित गर्दै देशका विभिन्न क्षेत्रमा लगानि गर्ने लक्ष्य लिएको संस्थाका कोरिया संयोजक केपी सिटौलाले जानकारी दिए । गैर आवासिय झपालीहरुले स्थापना गरेको उक्त संस्थाले देशको आर्थिक विकाशमा एउटै जिल्लाबाट पनि कामको थालनी गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्न यस्तो योजना ल्याईएको संयोजक सिटौलाले बताए ।

सम्मेलनले ७ बँुदे घोषापत्र जारी गर्दै जिल्लाको समृद्धिमा हातेमालो गर्ने निर्णय गरेको छ । घोषण पत्रमा समाजको तेस्रो सम्मेलन युरोपमा आयोजना गर्ने, समृद्ध झापा, समृद्ध प्रदेश नं १ तथा समृद्ध नेपाल निर्माणको लागी एन आर एन ए लगायत राष्ट्रिय, अन्तर्राष्ट्रिय, क्षेत्रीय, जिल्ला स्तरीय संघसंस्थाहरूसँग आवश्यकता अनुसार सहकार्य गर्ने, झापा जिल्लामा हाललाइ ५ वटा शव—वाहन र एम्वुलेन्स संचालन गर्ने, झापा जिल्लाका अधिकतम सामुदायिक विद्यालयहरूको स्तरोन्नति गर्नमा समयानुकुल नमूना कार्यक्रम संचालन गर्ने, झापाको विकाशका निम्तिी आवश्यकता अनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारका निकायहरू संग सहकार्य गर्ने, कतार घोषणा पत्र बाट झापा लगायत प्रदेश न १ मा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद, बैंकिङ्ग तथा उत्पादनसिल क्षेत्रहरूमा सामूहिक लगानी गर्ने उद्धेश्य सहित घोषित ५० करोड़को कोषलाई बृद्धि गरी १ अरब पुर्याउदै आबश्यक संरचना निर्माण गरी यथाशिघ्र कार्यान्वयनमा लैजाने र झापा बाहिर नेपाल भित्रको निश्चित अन्य भौगोलिक क्षेत्रमा पनि आगामी दिनमा सेवा र उत्पादनशील कार्यमा केहि प्रतिशत रकम लगानी गर्ने उल्लेख गरिएको छ ।
सम्मेलनमा नेपालबाट प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कुमार कार्की, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, राप्रपा महामन्त्री तथा झपा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र लिङ्देन, राष्ट्रिय स्तरका कलाकारहरु प्रमोद खरेल, राजा राजेन्द्र, राजेश घतानी लगायतको उपस्थिति रहेको थियो । पहिलो सम्मेलन कतारको दोहामा सम्पन्न गरिसकेको समाजका शाखाहरु हाल सम्म विश्वका २४ देशमा विस्तार भईसकेको र आगामी सम्मेलन सम्म शाखाहरु बढाएर ४० पुर्याउने लक्ष्य राखिएको संयोजक सिटौलाले बताए ।

घोषणापत्र जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...