Monday 14th September 2026

इन्डोनेसियामा २४० भन्दा बढी यात्रु बोकेको पानीजहाज सम्पर्कविहीन, खोजी जारी


इन्डोनेसियामा २४१ यात्रु बोकेको भिर्गो ट्रान्सपोर्ट ८ नामक जहाज जाभा सागरमा यात्रा गरिरहेका बेला खराब माैसमका सम्पर्कविहीन भएको छ।

यो जहाज पूर्वी जाभाको सुराबाया शहरबाट दक्षिण कालिमान्तानको बान्जारमासिन तर्फ जाँदै थियो। यात्रा क्रममा जहाजसँगको सञ्चार सम्पर्क अचानक टुटेको बताइएको छ।

अधिकारीहरूका अनुसार जहाजको अन्तिम स्थान बान्जारमासिन बन्दरगाहबाट करिब १४८ किलोमिटर टाढा जाभा सागरमा रहेको थियो। खराब मौसमका कारण समस्या भएको हुन सक्ने अनुमान गरिएको छ।

घटनापछि उद्धार टोली तत्काल परिचालन गरिएको छ र जहाजको खोजी कार्य जारी छ। हालसम्म कुनै मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन।

उद्धार अधिकारीहरूले यात्रु र जहाजको अवस्थाबारे थप जानकारी संकलन गरिरहेका छन्।


सम्बन्धित शीर्षकहरु

गत भदौ १० गते नेपाल-चीन सीमाक्षेत्रमा हिमताल तथा पहिरो खस्दा आएको भीषण बाढीले देशका विभिन्न क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएको छ।…

नेपाली चलचित्र‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ २०२७ मा हुने ९९औँ ओस्कार अवार्डको सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय चलचित्र विधाका लागि नेपालको आधिकारिक प्रतिनिधि…

एशियाका प्रमुख देशहरू चीन, ताइवान, दक्षिण कोरिया, जापान र भारत एआई (कृत्रिम बुद्धिमत्ता) तथा चिप उत्पादनमा अग्रता लिन प्रतिस्पर्धा गरिरहेका…

प्रतिकृयाहरू
...