Tuesday 14th July 2026

राष्ट्रिय गान का सर्जक श्रष्टा ब्याकुल माइलालार्इ बहराइनमा सम्मान गरिने


मध्यपुर्व मै पहिलो पटक नेप्लिज वेलफेयर सोसाइटी बहराइनको पहलमा श्रष्टालार्इ सम्मान गरिदै

तितोपाटी – नेप्लिज वेलफेयर सोसाइटी बहराइनको अगुवाइमा नेपाली राष्ट्रिय गीत “सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली” का सर्जक, रचनाकार कबि “ब्याकुल माइला ” प्रदिप राई लाई अागामी ५ अक्टोबर २०१८ शुक्रबारका दिन सम्मान गर्ने भएको छ । उक्त  अदलिया स्थित बाङ्साङ थाइ रेस्टुरेन्टको सभाहलमा हुने जानकारी आयोजक ले दिएको छ   गीत को पहिलो लाइन मा नै सम्पुर्ण नेपाली हरु लाई एउटै मालामा उन्न सफल कवि राई लाई बहराइन स्थित नेप्लिज वेल्फेर सोसाइटीको अगुवाइ तथा बहराइनमा कृयाशिल रहेका सम्पुर्ण नेपाली संघ सँस्थाहरुको संयुक्त पहलमा सम्मान गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

के हिमाल के पहाड के तराई हाम्रो एउटै पहिचान हो हामी नेपाली भन्ने मुल सन्देश प्रवाह गरेर उत्कृष्ट शब्दहरूको सङ्कलन गरेर सम्पुर्ण नेपालीहरुलार्इ एउटै मालामा उन्न सफल कवि राई लाई बहराइनमा स्वागत अनि सम्मान गर्न पाउँदा राष्ट्रको निम्ति नै केही गर्न पाएको अनुभूति हामीलाई लागिरहेको छ” आयोजक मध्येका एक ले खुशी ब्यक्त गरे । नेपाली राजदूतावास बहराइनको बिशेष सहयोग, नेप्लिज वेल्फेर सोसाइटी बहराइन को समन्वय तथा बहराइनमा स्थापित सम्पुर्ण संघ संस्थाहरुको आयोजनामा उक्त कार्यक्रम सम्पन्न हुन लागेको हो ।

 अाफ्नो मातृभुमी देखि हजारौं माईल टाडा भए पनि हामीले हाम्रो मातृभुमी प्रतिको असिम स्नेह उतिकै पोखाई रहेका छौ । यहि मातृभुमी प्रतिको हाम्रो असिम माया ममता र स्नेहलाई थप उजागर गर्न बहराईनका सबै सामाजिक संघ संस्थाहरु रंगीचंगी फुल झैं एउटै धागोमा उनिएर मालाको स्वरुपमा एकता भएका छौं । यो एकता सामाजिक संघ संस्थाहरुको बिच मात्र नभएर सबै नेपालीहरु बिचको एकता हो भन्दै अायोजकले कार्यक्रमको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको बताउँदै उक्त कार्यक्रम बहराइनबासी सम्पुर्ण नेपालीहरुको साझा कार्यक्रम भएकोले देशका एक होनहार श्रष्टाको सम्मानको निमित्त सम्पुर्ण बहराइन बासी नेपालीहरुलार्इ उपस्थित भैदिनु हुन पनि हार्दिक अनुरोध गर्दै श्रष्टा सम्मान कार्यक्रमलार्इ भव्य र सभ्य रूपमा सफल बनाउन चाैतर्फी रूपबाट साथ सहयोग र समर्थनको अपेक्षा गरेको छ ।

कार्यक्रमको विवरण यस प्रकार रहेको छः

कार्यक्रम हुने स्थान : वाङ्साङथाई रेष्टुरेन्टको सभा हल ।
कार्यक्रम हुने मिति : ५ अक्टोबर २०१८
समय : दिउँसो ०३:०० बजेबाट ।


सम्बन्धित शीर्षकहरु

इरानको सैन्य कमान्ड खातम अल–अन्बिया केन्द्रीय मुख्यालय (Khatam al-Anbiya Central Headquarters) का प्रवक्ताले सोमबार (१३ जुलाई) जारी गरेको विज्ञप्तिमा अमेरिकाले…

अमेरिकामा बस्दै आएका इरानी मूलका एक इन्जिनियरलाई अमेरिकी सरकारले नियन्त्रणमा राखेका प्रविधि इरानमा निर्यात गरेको अभियोगमा दोषी ठहर गरिएको छ।…

बैंगन (भण्टा) एक पौष्टिक र स्वास्थ्यका लागि लाभदायक तरकारी हो। यसमा फाइबर, भिटामिन, खनिज तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले…

प्रतिकृयाहरू
...