Tuesday 27th October 2026

गीति कविता: अधुरा सम्बन्ध


केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्।
टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥
न फर्किन्छन् ती जीवनमा, न भुल्नै सकिन्छ।
मौन बनेर हृदयभित्र, पीडा बनी बसिन्छ॥
रातको त्यो निस्तब्धतामा, यादहरू आउँछन्।
वर्षाका ती चिसा थोपामा, आँसु बनी झर्छन्॥
बिर्सन खोजे जति धेरै, झन् गहिरो बन्छ।
अधुरो त्यो प्रेमको कथा, मुटुभित्रै धड्कन्छ॥
कहिलेकाहीँ बाटो हेर्दै, मनले प्रश्न गर्छ।
फर्किएला कि त्यो मान्छे, आशाको दीप बल्छ॥
समयले धेरै टाढा, पुर्‍याए पनि आखिर।
साँचो माया हृदयभित्र, मर्दैन कहिल्यै आखिर॥

-गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...