Saturday 3rd October 2026

अमेरिकाको नाकाबन्दी कडा, इरानसँगको द्वन्द्व नयाँ चरणमा


मध्यपूर्वमा इरान र अमेरिकाबीचको तनाव फेरि बढेको छ भने यो द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको छ । अमेरिकी सेनाले इरानविरुद्धको नाकाबन्दी कडा बनाएको बताउँदै हालसम्म ८६ वटा व्यावसायिक जहाजको मार्ग परिवर्तन गराएको, ३ वटा जहाज निष्क्रिय बनाएको र २ वटा जहाजमा निरीक्षण गरेको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परे इरानमाथि फेरि आक्रमण गर्न तयार रहेको बताएका छन्। उनले यो सैन्य अभियान लामो समय नचल्ने दाबी पनि गरेका छन्।

यसैबीच, संयुक्त अरब इमिरेट्स (यूएई) ले बहराइन, कुवेत, जोर्डन र इराकको कुर्दिस्तान क्षेत्रमा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। यूएईले हर्मुज जलडमरूमध्यमा साउदी तेलवाहक जहाजमाथि भएको आक्रमणलाई पनि अन्तर्राष्ट्रिय जलमार्ग सुरक्षामाथिको गम्भीर खतरा भनेको छ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...