Saturday 3rd October 2026

गीति कविता: अधुरा सम्बन्ध


केही सम्बन्ध अधुरा भए, मनभरि नै रहन्छन्।
टाढा भए पनि सम्झनामा, सधैँ साथ दिन्छन्॥
न फर्किन्छन् ती जीवनमा, न भुल्नै सकिन्छ।
मौन बनेर हृदयभित्र, पीडा बनी बसिन्छ॥
रातको त्यो निस्तब्धतामा, यादहरू आउँछन्।
वर्षाका ती चिसा थोपामा, आँसु बनी झर्छन्॥
बिर्सन खोजे जति धेरै, झन् गहिरो बन्छ।
अधुरो त्यो प्रेमको कथा, मुटुभित्रै धड्कन्छ॥
कहिलेकाहीँ बाटो हेर्दै, मनले प्रश्न गर्छ।
फर्किएला कि त्यो मान्छे, आशाको दीप बल्छ॥
समयले धेरै टाढा, पुर्‍याए पनि आखिर।
साँचो माया हृदयभित्र, मर्दैन कहिल्यै आखिर॥

-गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...