Tuesday 27th October 2026

इजिप्टमा बस दुर्घटना, २२ जनाको मृत्यु


इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।

दुर्घटना लाल सागर किनारका पर्यटकीय सहर दहाब र नुवेइबा जोड्ने राजमार्गमा भएको हो। बसमा ४३ जना सवार थिए, जसमध्ये २२ जना जोर्डनका नागरिक रहेका थिए। मृत्यु हुनेमध्ये १० जना जोर्डनका नागरिक रहेको जनाइएको छ।

घटनापछि २० वटा एम्बुलेन्स परिचालन गरी घाइतेहरूलाई नजिकका अस्पतालमा उपचारका लागि पठाइएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजिप्टमा सडक दुर्घटनाको समस्या गम्भीर बन्दै गएको छ। सरकारी तथ्यांकअनुसार गत वर्ष मात्र देशभर करिब ६ हजार जनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...