Tuesday 25th August 2026

अमेरिकाले सिरियालाई आतंकवाद प्रायोजक राष्ट्रको सूचीबाट हटायो


अमेरिकाले करिब पाँच दशकपछि सिरियालाई “आतंकवाद प्रायोजक राष्ट्र”को सूचीबाट हटाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाली राष्ट्रपति अहमद अल-शाराले अन्तर्राष्ट्रिय आतंकवादबाट टाढा रहने प्रतिबद्धता जनाएकाले यो निर्णय गरिएको बताएका छन्।

सिरियाली राष्ट्रपति अल-शाराले यसलाई “ऐतिहासिक निर्णय” भन्दै देशको पुनर्निर्माण, आर्थिक विकास र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा ठूलो सहयोग पुग्ने बताएका छन्।

सन् १९७९ देखि उक्त सूचीमा रहेको सिरियामाथि अमेरिकी सहायता, रक्षा कारोबार र वित्तीय कारोबारसम्बन्धी विभिन्न प्रतिबन्ध लाग्दै आएका थिए। नयाँ निर्णयसँगै सिरियामा विदेशी लगानी, आर्थिक सहयोग र अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा पहुँच बढ्ने अपेक्षा गरिएको छ।

अमेरिकाले यस कदमलाई सिरियालाई इरान र रुसको प्रभावबाट टाढा ल्याउने रणनीतिक प्रयासका रूपमा पनि हेरिएको छ। सिरिया सरकारले यस निर्णयले देशको आर्थिक पुनरुत्थान र क्षेत्रीय स्थिरतालाई बल पुग्ने विश्वास व्यक्त गरेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले करिब पाँच दशकपछि सिरियालाई “आतंकवाद प्रायोजक राष्ट्र”को सूचीबाट हटाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाली राष्ट्रपति अहमद अल-शाराले अन्तर्राष्ट्रिय…

अमेरिकाले इरानसँग आर्थिक सम्बन्ध कायम राख्ने देशहरूलाई कडा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई आर्थिक रूपमा…

भारतको इलाहाबाद उच्च अदालतले विद्यालयको निर्धारित पोसाकसँगै हिजाब वा अतिरिक्त हेडस्कार्फ लगाउने विषयमा महत्वपूर्ण फैसला सुनाएको छ। अदालतले स्कुलले तोकेको…

प्रतिकृयाहरू
...