Wednesday 28th October 2026

गिनीमा भारी वर्षाको कारण फोहोरको थुप्रो खस्दा ३० जनाको मृत्यु


पश्चिम अफ्रिकी देश गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो फोहोर व्यवस्थापन स्थल (ल्याण्डफिल) पहिरो जाँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। भारी वर्षापछि आइतबार बिहान फोहोरको थुप्रो खस्दा नजिकका बस्ती पुरिएका हुन्।

घटनामा ६ जना गम्भीर घाइते भएका छन् भने उद्धार टोलीले अझै बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेको छ। सरकारका अनुसार घाइतेहरूको उपचार र प्रभावित परिवारलाई सहयोगको व्यवस्था गरिएको छ।

स्थानीय अधिकारीहरूले मृतकको संख्या अझ बढ्न सक्ने बताएका छन्। दुर्घटना भएको फोहोर थुप्रो क्षेत्र आइतबारदेखि बन्द गर्ने योजना रहे पनि त्यसअघि नै यो दुःखद घटना भएको हो।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

भारत र चीनबीचको सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका बेला दुवै देशबीचको सीमा क्षेत्रमा फेरि तनाव देखिएको छ। भारतको उत्तरपूर्वी राज्य…

प्रतिकृयाहरू
...