Wednesday 28th October 2026

जापानी इन्सेफ्लाइटिसबाट २१ जनाको ज्यान गएपछि झापाबाट खोप अभियान सुरु हुने


नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) संक्रमण बढ्दै गएपछि सरकारले सबैभन्दा बढी प्रभावित झापा जिल्लाबाट वयस्क लक्षित खोप अभियान सुरु गर्ने तयारी गरेको छ। झापामा संक्रमित १० जनामध्ये ६ जनाको मृत्यु भइसकेको छ, जसका कारण मृत्युदर ६० प्रतिशत पुगेको छ।

पछिल्लो डेढ महिनामा देशभर ५९ जना संक्रमित र २१ जनाको मृत्यु भएको छ। अधिकांश संक्रमित तथा मृत्यु भएकामध्ये धेरैले जेई खोप लगाएका थिएनन्।

स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा ३० वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाउने योजना बनाएको छ। उच्च जोखिम भएका ९ जिल्लाका लागि ३५ लाख मात्रा खोप खरिद गर्ने तयारी भइरहेको छ।

विशेषज्ञहरूका अनुसार जेई एक घातक भाइरल रोग हो, जसले मस्तिष्कमा असर पुर्‍याउँछ। संक्रमितमध्ये धेरैको मृत्यु हुने तथा बाँचेकामध्ये कतिपयलाई जीवनभर अपांगता हुन सक्छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

भारत र चीनबीचको सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका बेला दुवै देशबीचको सीमा क्षेत्रमा फेरि तनाव देखिएको छ। भारतको उत्तरपूर्वी राज्य…

प्रतिकृयाहरू
...