नेकपा (एमाले)को भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन शुक्रबार कुवेतको फरवानियास्थित Chef Naushad Signature Restaurant मा सम्पन्न भएको छ। अधिवेशनमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल प्रमुख आतिथ्यता रहेको थियो।
अधिवेशनमा नेपालका लागि कुवेतका राजदूत घनश्याम लम्साल, एमालेका मध्यपूर्व इन्चार्ज रविन्द्र अधिकारी, संघीय सांसद तथा एमाले केन्द्रीय नेता क्षितिज थेबे लगायत विशिष्ट अतिथिका रूपमा सहभागी थिए। साथै, एनआरएनए आईसीसीका सचिव सुजन केसी, एनआरएनए एनसीसी कुवेतका अध्यक्षद्वय विकास सिंह ठकुरी र मानबहादुर तामाङ, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष राज मल्ल तथा विभिन्न राजनीतिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
अधिवेशनबाट प्रवासी नेपाली मञ्च कुवेतको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। अध्यक्षमा चुडाराज भट्टराई निर्वाचित भएका छन् भने उपाध्यक्षमा सुनबहादुर तामाङ, नवराज आचार्य तथा महिला उपाध्यक्षमा शान्ता भण्डारी चयन भएका छन्। त्यस्तै सचिवमा युवराज ढकाल, सहसचिवमा टिकराम उप्रेती (अर्जुन) र अशोक ओस्ती तथा आर्थिक संयोजकमा दुर्गा ढकाल निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिको सदस्यहरूमा मीना पौडेल चम्लागाई, देवी परियार, भोजराज घिमिरे, हेमन्त नगरकोटी, युवराज अधिकारी, सन्त खनाल, सूर्य ओस्ती, प्रकाश बिक, सीताराम भट्टराई, सरोज सापकोटा, रोशन आचार्य, मानबहादुर मानन्धर, गुलाम नबी मनसुर, अनिता भट्टराई र विक्रम पाण्डे, अर्जुन कार्की, इन्दिरा कार्की, डिउबहादुर सुनार, कृष्ण घिमिरे, उत्तम मगर, गीता थापा, कृष्ण तामाङ, पेमा लामा, दिनेश बस्नेत, रोशन केसी, देवराज सुनुवार, डीबी राई, हेमकुमार मोक्तान, मानबहादुर पौडेल र राज कार्की रहेका छन्।
![]()
अधिवेशनले कुवेतमा रहेका नेपाली श्रमिक तथा प्रवासी समुदायका हकहित, सामाजिक सरोकार र समस्यालाई प्राथमिकतामा राख्दै संगठनलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा वक्ताहरूले प्रवासी नेपालीहरूको अधिकार संरक्षण, राष्ट्रिय एकता तथा नेपालको विकास निर्माणमा प्रवासी नेपालीहरूको भूमिकाबारे आफ्नो धारणा राखेका थिए। अधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा सहभागीहरूले खुशी व्यक्त गर्दै नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।