Thursday 20th August 2026

मध्य अफ्रिकी गणतन्त्रमा अवैध सुन खानीमा पहिरो, १०० भन्दा बढीको मृत्यु


मध्य अफ्रिकी गणतन्त्र (CAR) को पश्चिमी क्षेत्र जाम्बोईस्थित सुन खानी क्षेत्रमा गएको पहिरोमा १०० भन्दा बढी मानिसको मृत्यु भएको छ। क्यामरुन सीमाना नजिक भएको दुर्घटनामा हालसम्म १०७ शव निकालिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

अनौपचारिक (Artisanal) खानी सञ्चालन भइरहेको उक्त क्षेत्रमा सुरुङहरू भत्किँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। धेरै मानिस अझै भग्नावशेषमा पुरिएको आशंका भएकाले मृतक संख्या बढ्न सक्ने जनाइएको छ।कम प्रविधियुक्त र असुरक्षित ढंगले सञ्चालन हुने यस्ता खानीहरूमा दुर्घटनाको जोखिम अति नै बढि हुने गरेको छ ।

उद्धार कार्य जारी रहेको तथा दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन्। खराब कार्य वातावरण, असुरक्षित सुरुङ र वर्षाका कारण यस्ता दुर्घटना बारम्बार हुने गरेका छन्।

-BBC
https://www.bbc.com/news/articles/cly9dwe5pzeo


सम्बन्धित शीर्षकहरु

मध्य अफ्रिकी गणतन्त्र (CAR) को पश्चिमी क्षेत्र जाम्बोईस्थित सुन खानी क्षेत्रमा गएको पहिरोमा १०० भन्दा बढी मानिसको मृत्यु भएको छ।…

रूसले बिहीबार राति युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा गरेको व्यापक मिसाइल तथा ड्रोन आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध “अहिलेसम्मकै सबैभन्दा कडा आर्थिक अभियान” घोषणा गरेका छन्। उनले इरानसँग व्यापार वा आर्थिक सम्बन्ध राख्ने…

प्रतिकृयाहरू
...