Wednesday 28th October 2026

ट्रम्पको इरानविरुद्ध ‘आर्थिक युद्ध’ घोषणा, कडा प्रतिबन्धको चेतावनी


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध “अहिलेसम्मकै सबैभन्दा कडा आर्थिक अभियान” घोषणा गरेका छन्। उनले इरानसँग व्यापार वा आर्थिक सम्बन्ध राख्ने कुनै पनि देश, बैंक, कम्पनी वा संस्थालाई कडा आर्थिक प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।

ट्रम्पले इरानमाथि दबाब बढाउन तेल व्यापार, वित्तीय कारोबार र अन्य आर्थिक गतिविधि पूर्ण रूपमा रोक्न सहयोगी राष्ट्रहरूलाई आग्रह गरेका छन्। इरानले भने यो नयाँ कुरा नभएको भन्दै अमेरिकी प्रतिबन्धहरूलाई विगतदेखि नै सामना गर्दै आएको प्रतिक्रिया दिएको छ।

विश्लेषकहरूले चीन, इराक, टर्किए र संयुक्त अरब इमिरेट्स (यूएई) जस्ता इरानका प्रमुख व्यापारिक साझेदारहरू अमेरिकी दबाबको मुख्य लक्ष्य बन्न सक्ने बताएका छन्। यद्यपि, कडा आर्थिक प्रतिबन्धहरू कार्यान्वयन गर्न अमेरिकालाई चुनौतीपूर्ण हुने पनि उनीहरूको भनाइ छ।


सम्बन्धित शीर्षकहरु

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक…

प्रतिकृयाहरू
...