Monday 10th August 2026

अविरल वर्षाले देशभर पहिरो, प्रमुख राजमार्गहरू अवरुद्ध


अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो जाँदा प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। प्रहरीका अनुसार काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका सडक तथा राजमार्गहरू प्रभावित भएका छन्।

काभ्रेपलाञ्चोकमा आज बिहान पहिरो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाम नगरपालिकास्थित मेची राजमार्ग पनि लेदो र पहिरोका कारण बन्द भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

सिन्धुपाल्चोकमा अरनिको राजमार्गका विभिन्न खण्डमा पहिरोले यातायात अवरुद्ध गरेको छ भने रसुवामा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक नदी कटानका कारण सञ्चालन हुन सकेको छैन। रुकुम पश्चिमको भेरी करिडोर तथा लमजुङस्थित मध्यपहाडी लोकमार्ग पनि पहिरोले अवरुद्ध भएका छन्।

सडक खुलाउने प्रयास जारी रहे पनि लगातारको वर्षाले थप पहिरो र बाढीको जोखिम बढेकाले यात्रामा विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।


सम्बन्धित शीर्षकहरु

उष्णकटिबन्धीय चक्रवात ‘लुइस’ र ‘मेमे’ तथा तीव्र दक्षिणपश्चिमी मनसुनी वर्षाका कारण उत्तरी फिलिपिन्समा कम्तीमा १२ जनाको मृत्यु भएको छ। फिलिपिन्सको…

इरानले होर्मुज जलडमरूमध्य पुनः खोल्नुअघि अमेरिका आफ्नो प्रतिबन्ध, सैन्य दबाब र युद्धसँग सम्बन्धित क्षतिपूर्ति जस्ता माग पूरा गर्नुपर्ने अडान दोहोर्‍याएको…

अमेरिका र क्यानडाको पश्चिमी क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण हजारौँ मानिस प्रभावित भएका छन्। क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तस्थित ओकानागन ताल…

प्रतिकृयाहरू
...