Wednesday 28th October 2026

टाइफुन ‘डोल्फिन’को कहर: जापानमा विद्युत् अवरुद्ध, चीनमा बन्दरगाह बन्द


टाइफुन ‘डोल्फिन’ले जापान र चीनमा ठुलो असर पारेको छ भने हजारौं प्रभावित भएका छन् ।

शक्तिशाली टाइफुन ‘डोल्फिन’ जापानको ओकिनावा क्षेत्रमा पुग्दा पाँच जना घाइते भएका छन् र करिब १४ हजार भवनमा विद्युत् सेवा अवरुद्ध भएको छ। आँधीका कारण जापानका प्रमुख वायुसेवा कम्पनीहरूले धेरै उडान रद्द गरेका छन्।

टाइफुन अब चीनको पूर्वी तटतर्फ अघि बढिरहेको छ। चीनले सम्भावित क्षति रोक्न बन्दरगाह सञ्चालन स्थगित गरेको, फेरी सेवा बन्द गरेको तथा केही विमानस्थल र रेल सेवामा अवरोध ल्याएको छ। झेजियाङ र फुजियान प्रान्तमा भारी वर्षा, बाढी र पहिरोको जोखिम रहेको चेतावनी दिइएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...