Saturday 8th August 2026

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड: ५ शिक्षक मृत, ३० भन्दा बढी घाइते


थाइल्यान्डको बैंकक नजिक रहेको डेबसिरिन नोन्थाबुरी विद्यालयमा १४ वर्षीय एक विद्यार्थीले गोली चलाउँदा पाँच शिक्षकको मृत्यु भएको छ भने ३० भन्दा बढी व्यक्ति घाइते भएका छन्। आक्रमणपछि ती किशोरले आफूलाई पनि गोली हानेका थिए र पछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनले विद्यालय जानुअघि आफ्नै हजुरबुबा र हजुरआमाको समेत हत्या गरेका थिए। प्रारम्भिक अनुसन्धानमा उनी पढाइसम्बन्धी तनावमा रहेको र सामूहिक गोलीकाण्डसँग सम्बन्धित सामग्रीहरू अनलाइनमा खोज्ने गरेको खुलेको छ।

घटनापछि थाइल्यान्ड सरकारले विद्यालयहरूको सुरक्षा व्यवस्था कडा बनाउने, विद्यार्थी तथा शिक्षकका लागि मानसिक स्वास्थ्य सहायता कार्यक्रम सञ्चालन गर्ने तथा मृतक र घाइतेका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यो घटना पछिल्ला वर्षहरूमा थाइल्यान्डको सबैभन्दा घातक विद्यालय गोलीकाण्डमध्ये एक मानिएको छ।


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारले बजारमा सामान तथा सेवा खरिद गर्दा बिल लिने उपभोक्तालाई पुरस्कार दिने व्यवस्था सुरु गरेको छ। यसको मुख्य उद्देश्य…

कुवेत। संयुक्त राज्य अमेरिकाले इरानसँग स्ट्रेट अफ होर्मुज (Hormuz) सम्बन्धी सम्झौता कार्यान्वयनमा आए इरानी बन्दरगाहमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाउने संकेत…

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाअन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा दशकौँदेखि जग्गाको स्वामित्वसम्बन्धी प्रमाणको प्रतीक्षामा रहेका स्थानीयले…

प्रतिकृयाहरू
...