Monday 7th September 2026

मौरिटानिया तटमा डुंगा दुर्घटना, १४४ शरणार्थी तथा आप्रवासी मृत वा बेपत्ता


संयुक्त राष्ट्रसंघले मौरिटानियाको तट नजिक गत साता भएका समुद्री दुर्घटनामा १४४ शरणार्थी तथा आप्रवासी मृत वा बेपत्ता भएको जनाएको छ।

यूएनएचसीआरका अनुसार गाम्बियाबाट स्पेनतर्फ गइरहेको एक डुंगा करिब २५ दिन समुद्रमा अलपत्र परेपछि उद्धार गरिएको थियो। उक्त डुंगाबाट ३८ जनालाई मात्र सकुशल किनारमा ल्याउन सकिएको छ भने १४३ जना मृत वा बेपत्ता भएका छन्। उद्धार गरिएकामध्ये दुई बालबालिकाले यात्राकै क्रममा आफ्ना सबै परिवारका सदस्य गुमाएका छन्।

संयुक्त राष्ट्रसंघले पश्चिम अफ्रिकाबाट क्यानरी टापुतर्फको समुद्री मार्ग विश्वकै सबैभन्दा जोखिमपूर्ण आप्रवासन मार्गमध्ये एक रहेको बताएको छ। लामो दूरी, खराब समुद्री अवस्था, क्षमताभन्दा बढी यात्रु बोकेका डुंगा तथा सीमित उद्धार सुविधाका कारण यस मार्गमा मानवीय क्षति निरन्तर भइरहेको जनाइएको छ।
https://www.france24.com/en/africa/20260721-un-says-144-migrants-and-refugees-reported-dead-or-missing-off-the-coast-of-mauritania


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

प्रतिकृयाहरू
...