Thursday 29th October 2026

मौरिटानिया तटमा डुंगा दुर्घटना, १४४ शरणार्थी तथा आप्रवासी मृत वा बेपत्ता


संयुक्त राष्ट्रसंघले मौरिटानियाको तट नजिक गत साता भएका समुद्री दुर्घटनामा १४४ शरणार्थी तथा आप्रवासी मृत वा बेपत्ता भएको जनाएको छ।

यूएनएचसीआरका अनुसार गाम्बियाबाट स्पेनतर्फ गइरहेको एक डुंगा करिब २५ दिन समुद्रमा अलपत्र परेपछि उद्धार गरिएको थियो। उक्त डुंगाबाट ३८ जनालाई मात्र सकुशल किनारमा ल्याउन सकिएको छ भने १४३ जना मृत वा बेपत्ता भएका छन्। उद्धार गरिएकामध्ये दुई बालबालिकाले यात्राकै क्रममा आफ्ना सबै परिवारका सदस्य गुमाएका छन्।

संयुक्त राष्ट्रसंघले पश्चिम अफ्रिकाबाट क्यानरी टापुतर्फको समुद्री मार्ग विश्वकै सबैभन्दा जोखिमपूर्ण आप्रवासन मार्गमध्ये एक रहेको बताएको छ। लामो दूरी, खराब समुद्री अवस्था, क्षमताभन्दा बढी यात्रु बोकेका डुंगा तथा सीमित उद्धार सुविधाका कारण यस मार्गमा मानवीय क्षति निरन्तर भइरहेको जनाइएको छ।
https://www.france24.com/en/africa/20260721-un-says-144-migrants-and-refugees-reported-dead-or-missing-off-the-coast-of-mauritania


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...