Monday 20th July 2026

पश्चिम एसियामा बढ्दो तनावबीच अमेरिकाद्वारा विश्वव्यापी यात्रा सतर्कता जारी


पश्चिम एसियामा बढ्दो तनावका बीच अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकका लागि यात्रा सतर्कता (ट्राभल एडभाइजरी) जारी गरेको छ। मन्त्रालयले क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै गएको र अप्रत्याशित रूपमा तनाव थप बढ्न सक्ने चेतावनी दिएको छ।
अमेरिकी नागरिकहरूलाई, विशेषगरी पश्चिम एसियामा रहेका व्यक्तिहरूलाई, सुरक्षा अवस्थाबारे नियमित जानकारी लिन, समाचारहरू नजिकबाट पछ्याउन तथा नजिकको अमेरिकी दूतावास वा कन्सुलेटले जारी गर्ने सुरक्षा निर्देशन पालना गर्न आग्रह गरिएको छ।
साथै, क्षेत्रीय तनावका कारण विमान उडान रद्द हुन सक्ने तथा समय–समयमा हवाई क्षेत्र बन्द हुन सक्ने भएकाले यात्रामा अवरोध आउन सक्ने चेतावनी पनि दिइएको छ।
विदेश मन्त्रालयले विगतमा अमेरिकी कूटनीतिक कार्यालयहरू आक्रमणको निशानामा परेको उल्लेख गर्दै इरान समर्थक समूहहरूले विश्वका विभिन्न स्थानमा अमेरिकी हित वा अमेरिकी नागरिकलाई लक्षित गर्न सक्ने जोखिम रहेको जनाएको छ।
यो चेतावनी अमेरिका र इरानबीच गत महिना भएको १४ बुँदे समझदारी (MoU) विफल भएपछि जारी गरिएको हो। सम्झौता भंग भएसँगै दुवै पक्षबीच पुनः सैन्य तनाव बढेको छ र अमेरिका तथा इरानले एकअर्काका सैन्य तथा रणनीतिक लक्ष्यहरूमा आक्रमण गरिरहेका छन्।


सम्बन्धित शीर्षकहरु

इजरायलका केही दक्षिणपन्थी तथा अतिराष्ट्रवादी मन्त्रीहरू हजारौं समर्थकसँग मिलेर गाजाको सीमातर्फ आयोजित मार्चमा सहभागी भएका छन्। प्रदर्शनकारीहरूले सन् २००५ मा…

अमेरिकी विदेशमन्त्री Marco Rubio ले वासिङ्टनमा लेबनानी राष्ट्रपति Joseph Aoun सँग भएको भेटपछि लेबनानले "शान्तितर्फ महत्त्वपूर्ण कदम चालेको" भन्दै त्यसको…

मालीको उत्तरी क्षेत्र अनेफिस नजिक टुआरेग विद्रोही र अल–कायदा सम्बद्ध जिहादी समूहको संयुक्त आक्रमणमा कम्तीमा ५० सैनिक मारिएका छन् भने…

प्रतिकृयाहरू
...