Thursday 29th October 2026

पश्चिम एसियामा बढ्दो तनावबीच अमेरिकाद्वारा विश्वव्यापी यात्रा सतर्कता जारी


पश्चिम एसियामा बढ्दो तनावका बीच अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकका लागि यात्रा सतर्कता (ट्राभल एडभाइजरी) जारी गरेको छ। मन्त्रालयले क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै गएको र अप्रत्याशित रूपमा तनाव थप बढ्न सक्ने चेतावनी दिएको छ।
अमेरिकी नागरिकहरूलाई, विशेषगरी पश्चिम एसियामा रहेका व्यक्तिहरूलाई, सुरक्षा अवस्थाबारे नियमित जानकारी लिन, समाचारहरू नजिकबाट पछ्याउन तथा नजिकको अमेरिकी दूतावास वा कन्सुलेटले जारी गर्ने सुरक्षा निर्देशन पालना गर्न आग्रह गरिएको छ।
साथै, क्षेत्रीय तनावका कारण विमान उडान रद्द हुन सक्ने तथा समय–समयमा हवाई क्षेत्र बन्द हुन सक्ने भएकाले यात्रामा अवरोध आउन सक्ने चेतावनी पनि दिइएको छ।
विदेश मन्त्रालयले विगतमा अमेरिकी कूटनीतिक कार्यालयहरू आक्रमणको निशानामा परेको उल्लेख गर्दै इरान समर्थक समूहहरूले विश्वका विभिन्न स्थानमा अमेरिकी हित वा अमेरिकी नागरिकलाई लक्षित गर्न सक्ने जोखिम रहेको जनाएको छ।
यो चेतावनी अमेरिका र इरानबीच गत महिना भएको १४ बुँदे समझदारी (MoU) विफल भएपछि जारी गरिएको हो। सम्झौता भंग भएसँगै दुवै पक्षबीच पुनः सैन्य तनाव बढेको छ र अमेरिका तथा इरानले एकअर्काका सैन्य तथा रणनीतिक लक्ष्यहरूमा आक्रमण गरिरहेका छन्।


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...