Thursday 14th August 2025

अमेरिकामा गोली चल्दा एक नेपाली महिलाको मृत्यु


तितोपाटी – अमेरिका मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा गोली चल्दा एक नेपालीसहित तीन अमेरिकी नागरिकको मृत्यु भएको छ भने एक नेपाली घाइते भएका छन्। अमेरिकाको बाल्टिमोर भन्दा ३५ माइल उत्तरपूर्व एबरडिनमा रहेको राइट एड कम्पनीको विरण केन्द्रभित्र गोली चल्दा पर्वत माइती भई कास्की घर भएकी हाल बाल्टीमोर बस्दै आएकी ४१ बर्षीया वृन्दा गिरीको मृत्यु भएको हो। स्थानीय पत्रकार गौतम दाहालले दिएको जानकारी अनुसार नेपाली नागरिक पूर्ण आचार्य घाइते भएका छन्।

घाइते आचार्यको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले सार्वजनिक गरेको बिज्ञप्तिमा उल्लेख छ। बिज्ञप्तिमा आचार्यको अवस्थाबारे भने केही खुलाइएको छैन।

गत अप्रिलमा नेपालबाट आएकी मृतका गिरीका श्रीमान विगत १० बर्षदेखि अमेरिकामा रहेका थिए। मृतक गिरीले भने सो कम्पनिमा काम शुरु गरेको जम्मा तीन हप्ता मात्रै भएको पत्रकार दाहालले जानकारी दिए।

कम्पनीको विरण केन्द्रमा संगै पार्ट टाइम काम गर्ने एक जना २६ बर्षीया महिला स्नोचीया मोज्लीले गोली चलाएको प्रहरीले जनाइएको छ। अरुलाई गोली हानेर हत्याराले आफैलाई पनि गोली हानेको बताइएको छ। हमलाकारी ती महिलालाई प्रहरीले घाइते अवस्थामा अस्पताल लागेको र अस्पताल मै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक गिरीका १४ बर्षकी छोरी र ११ बर्षका छोरा छन्। मृतक गिरीका अमेरिकामा पति, आमा, दाजु, भाई र बुहारी रहेका छन्।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- चर्चित लोक  गायिका बिष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । ‘म त नराउरी’ बोलको गीत सपना म्युजीक इन्डट्रिज…

तितोपाटी- कुलिंग पिरेड बिबादमा परे सँगै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् ।…

तितोपाटी-महिला दिदीबहिनीको महान पर्व हरितालिका तीजको पावन अवसरमा दुबईमा तीज बिशेष साँस्कृतिक धमाका -२०२५  हुने भएको छ ।आउदो अगस्ट २४…

प्रतिकृयाहरू
...