Tuesday 11th August 2026

किनकी समृद्धिको घर बनाउँदैछु “कबिता”


किनकी समृद्धिको घर बनाउँदैछु “कबिता”

म डकर्मी हुँ,

मैले लगाएको गारो ढले हुन्छ,

म इलेक्ट्रिसियन हुँ,

मैले जोडेको बत्तीमा आगो बले हुन्छ ।

म प्लम्बर हुँ,

मैले हालेको पाइपमा पानी चुहे हुन्छ,

म किसान हुँ,

मैले बेचेको अनाज सब्जी कुहे हुन्छ ।

म ब्यापारी हुँ,

मैले अकुत नाफा जोडे हुन्छ,

म बैंकवाला हुँ,

मैले सेफका ताला फोडे हुन्छ ।

म शिक्षक हुँ,

मेरा विद्यार्थी फेल भए हुन्छ,

म पुलिस हुँ,

सुन तस्करी काण्डमा जेल गए हुन्छ ।

म कर्मचारी हुँ,

मैले सेवाग्राहीसँग घुस लिन पाउनुपर्छ,

म नेता हुँ,

मैले भ्रष्टाचार गर्न पाउनुपर्छ ।

म इञ्जिनियर हुँ,

मेरा संरचना हावाकै तोडमा ढले हुन्छ,

म समाजसेवी हुँ,

मेरा दुई-चार कुरा चले हुन्छ ।

म वकिल हुँ,

मैले लिएको मुद्दा हारे हुन्छ,

म डाक्टर हुँ,

मैले लापरवाहीले मान्छे मारे हुन्छ ।

म विद्यार्थी हुँ,

मैले परिक्षामा चोर्न पाउनुपर्छ,

म ठेकेदार हुँ,

मैले जतिपनि ठेक्का सोर्न पाउनुपर्छ ।

किनकी !

म समृद्धिको घर बनाउँदै छु,

जस्तो बनोस् कानुन, संशोधन गर्दै छु, अनि गराउँदै छु,

के हो मुलुकी संहिता, के हो ऐन,

गरिबलाई लगाउ कानुन, कोट लाउनेलाई चयन,

हो, यो सतिले सरापेको देशमा

किन चाहियो ऐन र कानुन,

यस्तै बेथितिमा मर्न पाउनु पर्छ,

यस्तै बेथितिमा मर्न पाउनु पर्छ  ।।

मन्जु नेपाल भण्डारी

सुनकोशी-३-सिन्धुपाल्चोक, हाल भक्तपुर

(लेखिका लामो समयदेखी महिला अधिकार तथा सामाजिक सचेतनाका लागि कृयाशिल महिला नेत्री हुन।)


सम्बन्धित शीर्षकहरु

नेपालले Pax Silica को औपचारिक Declaration मा हस्ताक्षर गरेर पूर्ण सदस्य बनेको प्रमाण अहिले उपलब्ध छैन। त्यसैले “नेपाल Pax Silica…

सिरियाका अपदस्थ पूर्वराष्ट्रपति बशार अल-असदलाई दमास्कसस्थित एक अदालतले मृत्युदण्डको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अदालतको निर्णयसँगै सिरियाको राजनीतिक भविष्य…

अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाबाट बढ्दो सुरक्षा चुनौतीको सामना तथा युद्धकालीन सैन्य कमान्ड हस्तान्तरणको तयारीस्वरूप आगामी अगस्ट १७ देखि…

प्रतिकृयाहरू
...