Sunday 3rd May 2026

नेपाली राजदूतावास कुवेतले “श्रम तथा वित्तीय सचेतना” विषयक कार्यक्रम सम्पन्न गर्यो


नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा “श्रम तथा वित्तीय सचेतना” विषयक छलफल  कार्यक्रम सम्पन्न गरेको छ । दूतावासले नेपालका राजनैतिक दलका कुवेत स्थित भातृ संगठनका प्रतिनिधिहरू, गैरअावासीय नेपाली संघका प्रतिनिधिहरू, नेपाल पत्रकार महासंघका प्रतिनिधिहरू तथा वित्तिय संस्थाहरूका प्रतिनिधिहरूबाट सुरक्षित वित्तीय व्यवस्थापन एवं विप्रेषणका विविध पक्षहरूबारे राय सुझाव संकलन गर्न सो कार्यक्रम अायोजना गरेको हो । कार्यक्रममा सहभागी हुँदै कुवेतको नेपाली समाजका अग्रपंतिका अभियन्ताहरूले श्रमिक हक, हित र वित्तिय सुरक्षाका लागि अपनाउनु पर्ने विभिन्न उपायहरूबारे सुझाव दिएका दिए नेपाली राजदुतावास कुवेतले उक्त कुराको पुष्टी गर्दै एक प्रेस विज्ञप्ति जारी गरि गरेको छ ।

दूतावासबाट जारी प्रेस विज्ञप्ति ज्स्ताको तस्तैः
सुरक्षित वित्तीय व्यवस्थापन, विप्रेषणका विविध पक्षहरू एवम् महत्त्वपूर्ण कानूनी व्यवस्था तथा श्रम सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले “श्रम तथा वित्तीय सचेतना” विषयक कार्यक्रम मिति ०२ मार्च २०२६ मा नेपाली राजदूतावास, कुवेतको सभाहलमा आयोजना गरियो।
कुवेतका लागि नेपाली राजदूत महामहिम श्री घनश्याम लम्सालज्यूले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कुवेतमा नेपाली श्रमिकको रोजगारीलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आवश्यक पहल गर्ने बताउँदै सुरक्षित वित्तीय व्यवस्थापन, विप्रेषण तथा श्रमका विविध पक्षमा जानकारी दिनुभयो । सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि सबैको सहयोग महत्त्वपूर्ण हुने बताउँदै विदेशमा रही अनौपचारिक रूपमा विप्रेषणको काम/कारोबार (हुण्डी) गरेको बा सङ्कलित रकम नेपाल नपठाउने गरेको जानकारी भएमा राजदूतावासलाई सूचना प्रदान गर्न समेत सबैलाई अनुरोध गर्दै यस्तो कार्य कुनैपनि रूपमा रहेको भए पूर्णरूपमा बन्द गर्नको लागि कुवेतमा कार्यरत नेपाली संघ संस्थाहरूको सहयोग अझ महत्त्वपूर्ण हुने बताउनुभयो। कार्यक्रममा सहभागीहरूले विषयवस्तुसँग सम्बन्धित जिज्ञासा राय र सुझाव राख्नुभएको थियो।
गैर आवासीय नेपाली संघ कुवेतका प्रतिनिधिहरू, नेपाल पत्रकार महासंघ कुवेत शाखाका प्रतिनिधि, विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय पत्रकारहरू, राजनीतिक दलका भातृसंगठनका प्रतिनिधिहरू एवम् नेपालमा विप्रेषणमार्फत रकम पठाउने बैंक, वित्तीय संस्था तथा Money Transfer Agency का प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको कार्यक्रम सौहार्दपूर्णरूपमा सम्पन्न भयो।
२०८३ वैशाख २० गते (२०२६ मे ०३)
नेपाली राजदूतावास, कुवेत


सम्बन्धित शीर्षकहरु

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

तस्बिरमा रहेको विज्ञप्तिअनुसार राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्ले स्वीकृत गरी प्रमाणीकरणका लागि पठाएको “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन)…

मध्यपूर्वमा बढ्दो सामरिक प्रतिस्पर्धाबीच इजरायलले आफ्नो हवाई शक्ति अभूतपूर्व रूपमा विस्तार गर्ने निर्णय गरेको छ। रक्षा मन्त्रालयका अनुसार दशौँ अर्ब…

प्रतिकृयाहरू
...