Wednesday 10th December 2025

सिरियामा पुन युद्ध भडकिने खतरा कायमै


सीरियामा एक वर्षअघि बशर अल–असदले युद्ध जितेको मानिएको थियो, तर परिस्थिती अचानक उल्टियो।
उत्तरी सीरियाको इदलिबबाट अहमद अल–शरा ९उपनामस् अबू मोहम्मद अल–जोलानी नेतृत्वको समूह एचटीएस (हयात तहरीर अल–शाम) शक्तिशाली बनेर अघि बढ्यो र आज उनले सीरियाको अन्तरिम राष्ट्रपति बनेका छन्। असद भने अहिले रूसमा निर्वासनमा छन्।

देश अझै पनि युद्धका खण्डहरले भरिएको छ, तर धेरै सीरियालीका अनुसार नयाँ नेतृत्व असद शासनभन्दा “थोरै सहज” छ। अहमद अल–शरालाई सऊदी अरब र पश्चिमी देशहरूसँग सम्बन्ध सुधार्ने सामर्थ्य भएको मानिन्छ, र डोनाल्ड ट्रम्पले उनलाई “युवा र बलियो नेता” भनेका थिए। तर देशभित्र समस्या गम्भीर छ

-उत्तर–पूर्वमा कुर्दहरूको नियन्त्रण,

-दक्षिणमा द्रूज समुदायको असन्तुष्टि,

-तटीय क्षेत्रमा अलावी समुदायको भय,

-र उनको जिहादी अतीत प्रति अझै अविश्वास।

अहमद अल–शरा पहिले अल–कायदा र इस्लामिक स्टेटसँग जोडिएका थिए, तर पछि उनीहरूले दुबै समूहसँग नाता तोडे।

२०२४ को अन्त्यसम्म सीरियाको सरकारी सेना कमजोर हुँदै गई, भ्रष्टाचार र थकानका कारण असद शासन ढलेको मानिन्छ, र एचटीएसले शक्ति विस्तार गरेर दमिश्क नियन्त्रणमा लिन सफल भयो। अहमद अल–शरा (अबू मोहम्मद अल–जोलानी) ले इडलिब क्षेत्रमा आफ्नो शक्ति मजबुत बनाएपछि आफूलाई जिहादी नेतृत्वबाट अलग, व्यापक देश चलाउन सक्षम व्यक्तिको रूपमा प्रस्तुत गर्ने अभियान चलाए।

हाल इस्लामिक स्टेट कमजोर हुँदा पनि, उनीहरूका स्लीपर सेलहरूले शरालाई लक्ष्य बनाउन सक्ने जोखिम कायम छ। अतिवादीहरूले उनलाई “धर्मत्यागी” भन्दै अनलाइन आक्रमण गरिरहेका छन्। सत्तामा आएपछि शराले पश्चिमसँग सम्बन्ध सुधार्न सफल भए। अमेरिकाले उनलाई राखिएको १० मिलियन डलरको इनाम हटायो, सिजर प्रतिबन्धहरू ढिला–ढिला कम हुँदै गए, शरा ह्वाइट हाउस पुग्ने पहिलो सिरियाली राष्ट्रपति बने।

पश्चिमी मुलुकहरू र साउदी अरबले उनलाई सिरियालाई स्थिर बनाउने मुख्य विकल्प मान्दै आएका छन्, किनकि पुनः गृहयुद्ध भड्किए क्षेत्रभरि ठूलो अस्थिरता फैलिन सक्छ। तर देशभित्र चुनौती गम्भीर छन्

-उत्तर–पूर्वमा कुर्द,

-दक्षिणमा द्रूज,

-तटीय क्षेत्रमा अलावि समुदाय—
अहिलेसम्म पनि केन्द्रीय सरकारसँग पूर्ण रूपमा सहमत छैनन्।

संयुक्त राष्ट्रका अनुसार, न्यायिक प्रक्रिया सुस्त छ, र विगत एक वर्षमा सयौं हत्या भएको छ, जसमा सुरक्षा बल, स्थानीय सशस्त्र समूहहरू र अज्ञात आक्रमणकारीहरू संलग्न छन्। शराको मुख्य चुनौती आगामी वर्षमा ठूलो हिंसा भड्किन नदिनु हो। सिरियामा बढ्दो साम्प्रदायिक तनाव र सुरक्षा संकट स् संयुक्त राष्ट्रको चेतावनी

दमास्कस — संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले सिरियामा बढिरहेको हिंसाले अलाविट, ड्रुज, क्रिश्चियन र बेदुइन समुदायहरू गम्भीर जोखिममा परेको चेतावनी दिएको छ। अनलाइन तथा अफलाइन दुबै माध्यममा फैलिएको घृणायुक्त भाषणले साम्प्रदायिक तनाव झन् चर्किएको उल्लेख गरिएको छ।

फेरि हिंसा भड्किने उच्च जोखिम

संयुक्त राष्ट्रका अनुसार, २०२६ मा अलाविट बहुल क्षेत्रहरूमा गत वर्षजस्तै साम्प्रदायिक हिंसा दोहोरिन सक्ने खतरा छ। असद शासन पतन भएपछि सिर्जना भएको अस्थिर अवस्थामध्ये, नयाँ सरकारले तटीय क्षेत्रमा नियन्त्रण मजबुत बनाउन ठूलो संख्यामा गिरफ्तारी गरेको पाइएको छ।

प्रतिशोधी आक्रमण र ठूलो जनहानि

संयुक्त राष्ट्रको अनुसन्धानले सरकार समर्थक मिलिशियाहरूले सयौँ सुरक्षा बलहरूलाई कब्जा गर्ने, हत्या गर्ने वा घाइते बनाउने जस्ता गतिविधि भएको पुष्टि गरेको छ।  दमास्कसको कठोर प्रतिक्रियापछि भएको हिंसामा १,४०० जनाभन्दा बढी मारिए, जसमा महिला, बालबालिका, वृद्ध तथा अपाङ्गता भएका मानिसहरू पनि थिए।

सरकारले केही उद्धार कार्यमा सहयोग गरेको र मुख्य दोषीहरू विरुद्ध मुद्दा चलेको संयुक्त राष्ट्रले जनाएको छ। तर अनुसन्धानले सरकारबाट प्रत्यक्ष आदेश दिएको प्रमाण नदेखिएको पनि स्पष्ट पारेको छ।

दक्षिण सिरियामा ड्रुज–बेदुइन झडप 

जुलाईमा सुवेदा प्रान्तमा ड्रुज र बेदुइन समुदायबीच ठूलो झडप भयो। ड्रुजहरू सिरियाको करिब ३५ मात्र भए पनि धार्मिक रूपमा “विधर्मी” भनेर लक्ष्य बनाइने इतिहास छ।
स्थिति नियन्त्रण गर्ने क्रममा सरकारी सेनाको प्रवेशले झडप चर्कियो। इजरायलले हस्तक्षेप गर्दै दमास्कसस्थित रक्षा मन्त्रालयमाथि हवाई आक्रमण गर्‍यो, जसपछि स्थिति थप संवेदनशील बन्यो।

अमेरिकाको मध्यस्थतापछि मात्र संघर्ष रोकियो। तर दशौं हजार मानिस आज पनि विस्थापित छन्।

इजरायल–सिरिया तनाव : सम्झौता रोकियो

असद पतनपछि इजरायलले पुरानो शासनका सैन्य संरचनालाई लक्षित गर्दै व्यापक हवाई कारबाही गरिरहेको छ। गोलान हाइट्सभन्दा बाहिर समेत इजरायलको उपस्थिति बढ्दै गएको र अमेरिकी मध्यस्थता गरिएको सुरक्षा सम्झौता दुई महिनादेखि रोकिएको छ। गत महिनादेखि इजरायलले सिरिया भित्र जमिनी कारबाही दोब्बर बढाएको रिपोर्ट छ।

बेइत जिनमा घातक झडप

नोभेम्बर २८ मा बेइत जिन गाउँमा इजरायली सेनाको छापा परेपछि स्थानीयले प्रतिरोध गरे। छ इजरायली सैनिक घाइते भए। स्थानीय १३ जनाभन्दा बढी मारिए, धेरै घाइते भए। एक स्थानीय बासिन्दा, खलील अबु दाहेर, जसको हातमा गोली लागेर उपचार भइरहेको छ, भन्छन्

“छापा पर्नेबेला म परिवारसँगै घरमै थिएँ। गोली चल्दा हामी कोठादेखि कोठा भाग्यौँ। मेरी दुई छोरीलाई गोली लाग्यो। एउटीको त्यहीं मृत्यु भयो।” यस घटनालाई सिरियाली सरकारले “युद्ध अपराध” भनेको छ।

अमेरिकी प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शाराको स्थिरता प्रयासबारे “सन्तुष्टि” व्यक्त गरे र चेतावनी दिए कि इजरायल–सिरिया संवाद बिग्रिन नदिनु आवश्यक छ।
बेइत जिनमा इजरायली छापापछि गोली लागेर १७ वर्षीया हेबा अबु दाहेरको मृत्यु भयो। उनका बुवा खलिलले दुई घण्टासम्म छोरीको शवसँग लुकेर बसेर परिवारलाई बचाए। खलिलकी नौ वर्षीया अर्की छोरीको कम्मरबाट गोली निकालेर उपचार भइरहेको छ।

परिवारकी आमा उम्म मोहम्मदले गाउँमा डाक्टर, औषधि, क्लिनिक र सुरक्षाको अभाव भएको बताउँदै भविष्यप्रति गहिरो चिन्ता व्यक्त गरिन्—
“हामी डरमा सुत्छौँ, डरमै ब्यूँझिन्छौँ।”

असद शासन पतनपछि नयाँ सरकारले केही आर्थिक सुधारको संकेत देखाए पनि जनताको जीवन अझै कठिन छ। पुनर्निर्माणका स्रोत छैनन्, साम्प्रदायिक तनाव बढिरहेको छ, र इजरायल–सिरिया वार्ता रोकिएको छ।

इजरायल दक्षिण सिरियालाई पूर्ण रूपमा निशस्त्रीकरण गर्न माग गरिरहेकाले सिरियाली सार्वभौमिकता कमजोर भएको बताइन्छ। प्रशासन शारा वरिपरि केन्द्रित भए पनि स्थायी शासन संरचना वा जवाफदेहितामा प्रगति छैन।

उम्म मोहम्मदको भनाइले जनताको भावना झल्काउँछ—
“हामीसँग केही छैन, न स्कूल, न सुरक्षा। हाम्रा बच्चाहरू नर्क जस्तै अवस्थामा बाँचिरहेका छन्।”


सम्बन्धित शीर्षकहरु

हबल अन्तरिक्ष दूरबीनले (Hubble Space Telescope) हाम्रो सौर्यमण्डलमा देखिएको तेस्रो अन्तरतारकीय आगन्तुक ‘3I/ATLAS’ को नयाँ तस्बिर खिचेको छ।यो वस्तु हाम्रो…

गाजामा समन्वयका लागि नयाँ बनाइएको बेसमा रहेका अमेरिकी सैनिक र उनका सहयोगीहरूलाई इजरायली कर्मचारीहरूले लगातार निगरानी गरेको पाइएको छ। यसले…

इरानको अदालतले मंगलबार घोषणा गर्‍यो कि आफ्नै पतिको हत्या गरेको आरोपमा मृत्युदण्ड पाउन लागेको एक महिलालाई अब फाँसी दिइने छैन।…

प्रतिकृयाहरू
...