Thursday 2nd July 2026

अक्टोवर ७ को घटनालाई रोक्न असफल भएकोमा सैनिक नेतृत्वलाई कारबाही


काठमाडौँ । इजरायलमा नौ जना शीर्ष सैन्य अधिकारीहरूलाई बर्खास्त गरिएको छ । इजरायल रक्षा बलका प्रमुख, लेफ्टिनेन्ट जनरल इयाल जामिरले अधिकारीहरूले अक्टोबर ७, २०२३ मा हमासको आक्रमण रोक्न असफल भएका कारण बर्खास्त गरिएको बताएका छन् ।
सुरक्षा कमजोरीको निष्पक्ष अनुसन्धान र हमासको आक्रमणको निष्पक्ष अनुसन्धानको माग गर्दै आइतबार इजरायलमा विरोध प्रदर्शनहरू भएका थिए । यसले यी अधिकारीहरूलाई बर्खास्त गर्न सरकारमाथि दबाब बढाएको थियो ।
इजरायली सेना प्रमुख जामिरले यी अधिकारीहरूलाई बोलाएर उनीहरूको बर्खास्तको घोषणा गरेका थिए । बर्खास्त हुनेमा मेजर जनरल अहरोन हालिवा, मेजर जनरल ओदेद बसिउक, मेजर जनरल यारोन फिंकेलाम्यान, ब्रिगेडियर जनरलहरुमा एवी रोसेनफेल्ड, गिमेल र योसी सरियल, कर्णेल एरियल लुबोव्स्की, कर्णेल हाइम कोहेन, लेफ्टिनेन्ट कर्णेल अलेफ रहेका छन् ।
जामिरले विज्ञको अनुसन्धान प्रतिवेदनको आधारमा कमाण्डरहरूविरुद्ध थप निर्णय लिने बताएका छन् । यद्यपि धेरैजसो बर्खास्त गरिएका अधिकारीहरूले पहिले नै सेना छोडिसकेका छन् र कहिले मात्र आफ्नो कार्यकाल पूरा नभएसम्म आफ्नो वर्तमान पदहरूमा सेवा गरिरहनेछन् ।
निर्णयपछि, इजरायली सेनाको कर्मचारी संघले विज्ञप्ति जारी गर्दै यी निर्णयहरू लिनु सजिलो नभएको र देशको रक्षा गर्न आफ्नो सम्पूर्ण जीवन समर्पित गरेका मानिसहरूलाई असर गर्ने बताएको छ ।
सेना प्रमुख जामिरले भने जवाफदेहीता स्थापित गर्न असफल भयौं भने, प्रणालीमा जनताको विश्वास घट्ने हुनाले कारवाही आवश्यक भएको बताएका छन् ।
बर्खास्त गरिएका अधिकारीहरू इजरायली सेनाका उत्कृष्ट कमाण्डरहरूमध्ये रहेको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानमा तैनाथ इजरायली सैनिकहरूको भ्रमणका क्रममा इजरायल र लेबनानले एकअर्कालाई सार्वभौम राष्ट्रका रूपमा स्वीकार गरेको…

प्रतिकृयाहरू
...