Friday 9th October 2026

झापाली समाज कुवेतद्वारा बाढीपीडितहरूलाई एक लाख ७१ हजार रुपैयाँ बराबर को आर्थिक र सामग्री सहयोग


अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ।

“एकका लागि एक” अभियान अन्तर्गत समाजले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी पूर्ण रूपमा प्रभावित ५५ घरपरिवारलाई राहत सामग्री वितरण गरेको हो।
प्रत्येक परिवारलाई २५ केजी चामल, २ केजी नुन, २ केजी दाल, १ लिटर तेल, ५ केजी आलु, २ थान ब्ल्याङ्केट र २ थान म्याट्रेस उपलब्ध गराइएको छ। यी सामग्रीको मूल्य करिब एक लाख ७१ हजार रुपैयाँ बराबर रहेको समाजका अध्यक्ष लीला पाण्डेले जानकारी दिए।

त्यसका साथै, समाजका अध्यक्ष पाण्डे, युवा संयोजक सागरजंग क्षेत्री, आजीवन सदस्य धर्मानन्द अधिकारी र सन्तकुमार अधिकारी, साथै पूर्व सल्लाहकार शिवकुमार लिम्बूलगायतले सो रकम “एकका लागि एक” अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई हस्तान्तरण गरेका हुन्।

अध्यक्ष पाण्डेका अनुसार, वैदेशिक रोजगारीको क्रममा कुवेतमा रहेर पनि आफ्ना दाजुभाइ–दिदीबहिनीहरूको कठिनाइका बेला सहयोग पुर्‍याउन पाउनु समाजका लागि गर्वको कुरा हो।
उनले भने, “हाम्रो सानो सहयोगले पनि बाढीले विस्थापित भएका झापाली परिवारहरूलाई राहत र खुशी मिलोस् भन्ने हाम्रो भावना हो।”

पाण्डेले सहयोगी सम्पूर्ण सदस्य, पदाधिकारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि समाजले मानवीय सेवाका यस्ता अभियान निरन्तर अघि बढाउने प्रतिबद्धता जनाए।


सम्बन्धित शीर्षकहरु

भारतको चेन्नईमा ४ अक्टोबर २०२६ मा आयोजित ‘धर्मरक्षा महोत्सव’ मा भारतीय प्रविधि संस्थान मद्रास (आईआईटी मद्रास) का निर्देशक तथा वैज्ञानिक…

यहूदी समुदायको विश्व जनसङ्ख्या तुलनात्मक रूपमा सानो भए पनि नोबेल पुरस्कार विजेतामा उनीहरूको उल्लेखनीय उपस्थिति छ। अर्कोतर्फ, विश्वभर करिब दुई…

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

प्रतिकृयाहरू
...