Tuesday 10th February 2026

एमाले–कांग्रेसको जेल–राजनीति र रास्वपाको सीधा चुनौती


रबि केन्द्रमा, देशको राजनीतिक ध्रुवीकरण
आज नेपालको राजनीति रबि लामिछाने वरिपरि घुमिरहेको छ। जसरी सत्ताको उन्मादले उनलाई निरन्तर अत्याचार गरिरहेको छ, त्यसको ठीक विपरीत रास्वपा उतिकै बलियो हुँदै गएको छ। रौतहटमा भएको एउटा सामान्य वाणिज्य संघको चुनावमै पाँचदलीय गठबन्धनलाई रास्वपाका प्रतिनिधिले दोब्बरभन्दा बढी मतान्तरले हराएर यसको स्पष्ट संकेत दिइसकेका छन्। अब रुपन्देहीको उपनिर्वाचनमा रास्वपाका उम्मेदवारलाई भारी मतले विजयी गराएमा त्यो राज्यसत्ताको व्यभिचारविरुद्धको प्रत्यक्ष र मुहतोड जवाफ हुनेछ।

रास्वपामय देश, च्यातिँदै एमाले–कांग्रेसको छाता
जसले जे भने पनि, देश अहिले रास्वपामय भइसकेको छ। पहिले मौन रहेका मानिसहरू खुलेर रास्वपामा प्रवेश गर्न थालेका छन्। एमाले र कांग्रेसका कार्यकर्ताहरू आफ्ना सदस्यता सार्वजनिक रूपमा च्यात्न थालेका छन्। यो केवल दल परिवर्तन मात्र होइन—अन्यायका विरुद्धको मुखर जन–आन्दोलन हो।

सत्ताले साम, दाम, दण्ड, भेदको नीति अपनाएर विरोधीलाई समाप्त पार्ने प्रयास गरिरहेको छ, तर यसको परिणाम अझै आएको छैन—आउँदा त्यो सत्ता–पक्षको लागि विनाशकारी हुनेछ। नेपाली जनता न्यायप्रेमी छन्स उनीहरू खुलेआम अत्याचार गर्नेहरूको सत्ता संरक्षण गर्ने पक्षमा छैनन्। रबिलाई जबरजस्ती थुनामा राख्ने कार्यबारे जनताको चित्त बुझेको छैन।

प्रजातन्त्रको नांगो रूप
आज देश देखिरहेको छ—मूर्खहरूको हातमा परेका प्रजातन्त्र कसरी हुकुमी शासनमा परिणत हुन्छ। सत्ता नछोड्ने लठैत प्रवृत्तिका मन्त्रीहरूलाई अत्याचारको निरन्तरता दिनु बाध्यता भएको छ, किनकि सत्ता छोड्ने बित्तिकै उनीहरूलाई जेलको हावा खानुपर्नेछ। त्यसैले उनीहरू अहिले संक्रमणकालीन अवस्थामा गल्तीमाथि गल्ती गर्दै गइरहेका छन्। देशलाई आफ्नै बाउको विर्ता ठानेर मनपरी गर्ने प्रवृत्तिलाई अब जनताले स्वीकार गर्ने छैनन्।

जनताको जागरण र सत्ताको छटपटी
चितवनमा ट्याक्सी चालकहरूको र्‍यालीदेखि रबि विरुद्धको प्रतिशोधको हस्ताक्षर अभियानसम्म—यी घटनाले एमाले र कांग्रेसको मूल सातो उडाइसकेका छन्। प्रधानमन्त्रीदेखि एमाले नेतासम्म सार्वजनिक रूपमा बरबराइरहेका छन्, कांग्रेसका महामन्त्रीहरू औकात र हैसियतमा झरिसकेका छन्। संसदमा होस् वा बाहिरी मञ्चमा, उनीहरूको भाषण तल्लो स्तरको सुनिन थालेको छ।

यो बरबराहट उनीहरूको अन्तिम छटपटीको संकेत हो। उनीहरूको तस्करी, भ्रष्टाचार, लुटतन्त्र र सहकारी काण्डले पहिले नै धोती खोलीसकेको छ। अब कुनै चिप्लो भाषण वा मिठा वचनले जनतालाई अलमलाउन सक्ने अवस्था बाँकी छैन।

एमाले–कांग्रेसको जेल–राजनीति र रास्वपाको सीधा चुनौती
रबि लामिछानेलाई आगामी २०८४ सालको चुनावसम्म थुनामा राख्ने एमाले–कांग्रेसको प्रपञ्च स्पष्ट भइसकेको छ। यही योजनाको प्रतिकारस्वरूप रास्वपाले सम्पूर्ण धरौटी रकम तिर्ने निर्णय गर्दै थुनामुक्त गराउने माग अघि सारेको हो। तर, यो माग सार्वजनिक हुनासाथ सत्ता–क्याम्पमा हङ्गामा मच्चियो।

‘दोषी हो त पैसा किन तिर्ने ?’— सत्ताको भ्रम–खेती
सत्ताका भजनमण्डलीहरूले प्रचार थाले— “दोषी थिएन भने आफ्नो भागको रकम तिरेर निस्कन किन खोज्थ्योरु”
वास्तविकता भने यो होइन। धरौटी न त जरिमाना हो, न फैसला पछि तिर्ने विगो— यो त राज्यको बदनियत र दुव्र्यवहारको प्रतिवाद हो।

अदालतको चरित्रको परीक्षा
अब यो मुद्दाले देखाउनेछ— अदालतले स्वतन्त्रताको रक्षा गर्छ कि सत्ताको गुलामी। यदि कानूनी सुविधाबाट वञ्चित गर्दै प्रतिशोधको बाटो लिन्छ भने, रास्वपाले लगाउँदै आएको आरोप जनतामाझ अझ गहिरो छाप छोड्नेछ।

न्यायको कुर्सीमा दलका कार्यकर्ता
रबि पूर्व उपप्रधान तथा गृह मन्त्री मात्र होइनन्, संसदको चौथो ठूलो दलका सभापति पनि हुन्। धरौटीमा समेत नछोड्नुको अर्थ— न्यायपालिका स्वतन्त्र छैन, बरु दलगत नियुक्तिका कारण सत्ताको छायाँमै छ।

जनताको बुझाइ प्रष्ट
देश बुझिसकेको छ— यो फर्जी उजुरी हो, यो जबरजस्ती मुछिएको मुद्दा हो, र यो सत्ताको योजनाबद्ध प्रतिशोध हो। संसदको अंकगणित प्रयोग गरेर उदाउँदै गरेको नेतामाथि राजनीतिक हत्या गर्ने प्रयास हो।

सत्ताको दिन गनिएका छन्
भ्रष्ट, अत्याचारी र धाँधलीबाजहरूको सिंहासन अब धेरै दिन टिक्दैन। आगामी चुनावमा जनताले जरैदेखि उखेलेर फाल्ने संकल्प गरिसकेका छन्।

तत्कालको जन–जवाफस् रुपन्देही उपनिर्वाचन
रुपन्देहीको उपनिर्वाचन सत्ताको अहंकारमाथि जनताको पहिलो प्रहार हुनेछ। यहाँ प्रतिद्वन्दीको दुई गुणा बढी मतसहित रास्वपालाई जिताउनु नै प्रतिशोधको सबभन्दा प्रभावकारी उत्तर हो।


सम्बन्धित शीर्षकहरु

नेपाल आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा…

विश्व राजनीति यतिबेला एकैसाथ युद्ध, वार्ता, प्रतिबन्ध र आन्तरिक असन्तोष को जटिल घेराभित्र फसेको देखिन्छ। मध्यपूर्वको गाजा, ओमानमा भएको अमेरिका–इरान…

गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ। खैतानस्थित राजधानी प्यालेसको सभाहलमा आयोजित अधिवेशनले…

प्रतिकृयाहरू
...