तितोपाटी – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी १८ जुलाइ २०२५ शुक्रबारको दिन हुन गइरहेको छैटाैं राष्ट्रिय महाधिवेशनका लागि गठित निर्वाचन समितिले निर्वाचन अचार सिंहिता २०२५ सार्वजनिक गरेको छ । निर्वाचन आयुक्त सुजन केसीकाे अध्यक्षतामा बसेको पुर्ण बैठकबाट पारित गरि सो आचार संहिता सार्वजनिक गरिएको हो । केसीको अलावा जय आले, शिव कोइराला, लोमस बास्तोला र आनन्द आचार्य सदस्य रहेकाे निर्वाचन समितिले सो निर्वाचन आचार संहिता सार्वजनिक गरेको हो ।
एनआरएनले यस पटक पञ्जिकृत सदस्यताको लागि हाते फारम भर्ने व्यवस्था गरेको छ । पञ्जिकृत सदस्यता शुल्क १ केडी लाग्नेछ भने उम्मेदवारी दिने स्थान र उम्मेदवारी शुल्कको लागि भने पछि सूचना प्रकाशित गरिनेछ ।
आयुक्त सुजन केसीद्वारा हस्ताक्षर गरी १३ वटा वुंदामा सार्वजनिक गरिएको आचार संहितमा जनाइए अनुसारः
१.महाधिवेशनमा भाग लिनको लागि एनसिसी कुवेतले जारी गरेको पञ्जिकृत सदस्य भएको हुनुपर्ने छ । पञ्जिकृत सदस्यता फारमको साथमा कुवेतको आवासीय भिषा सिभिल आईडि वा मोवाइल आइडीकाो कपि तथा एक प्रति फोटो हुनुपर्नेछ । यदी निर्वाचन समितिले मागेका प्रमाणहरु उपलब्ध गराउन नसकेको खण्डमा महाअधिवेशनमा भाग लिनबाट बञ्चित गराइनेछ ।
२. कुवेतको कानूनी, प्रशासनिक र सामाजिक परिधि भित्र रही गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको महाधिवेशन गराउनु पर्नेछ । कार्यसमितिमा रहेका पदहरुमा एक वा एकभन्दा बढीको उम्मेदवारी परेमा निर्वाचन समितिले बिधुतीय प्रविधी प्रयोग गरि प्रकृयामा गई निर्वाचन गराउने छ ।
३. कार्यसमितिमा उम्मेदवारी दिन चाहने कुनै पनि व्यक्तिले कुवेतको कानूनलाई सम्मान गर्दै कुनै पनि सञ्चारका माध्यम वा सामाजिक सञ्जाल मार्फत उम्मेदवारी दिने, प्रचार प्रसार गर्ने जस्ता निर्वाचनलाई अतिरञ्जित गर्ने किसिमका व्यानर, फोटो वा नकारात्मक भनाइ लगायतका कृयाकलाप गर्न पाइने छैन । यदि कोही कसैले उपरोक्त निषेधित कृयाकलाप गरेको पाइएमा त्यस्ता व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिनबाट बञ्चित गरिनेछ ।
४. कुनै पनि उम्मेदवारका लागि प्रस्तावक र समर्थक बस्ने व्यक्तिले उम्मेदवारी दिन पाउने छैन । साथै कुनै पनि उम्मेदवारले अर्को उम्मेदवारको प्रस्तावक वा समर्थक हुन पाउने छैन । प्रस्तावक वा समर्थकले उम्मेदवारी दिएको पाइएमा वा एक पदका लागि उम्मेदवार भएको व्यक्तिले अर्को उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको पाइएमा प्रस्तावक र समर्थक बस्ने उम्मेदवारको उम्मेदवारी स्वतः खारेज हुनेछ ।
५. कुनै पनि सदस्य तथा उम्मेदवारले कुवेतको कानून विपरीत व्यानर, पम्फ्लेटिङ, खुल्ला सभा जस्ता कार्य गर्न पाउने छैन । धर्मिक, राजनैतिक, जातीय वा क्षेत्रीय नारा प्रचार प्रसारमा ल्याउन पाउने छैन । एक उम्मेदवारले अर्को उम्मेदवारको व्यक्तिगत चरित्रचित्रण, गालीगलौज अपशब्द जस्ता असामाजिक कार्यहरु गरेको प्रमाणित भएमा कार्वाही स्वरुप निर्वाचन समितिले उम्मेदवारी नै वदर गर्न सक्नेछ ।
६. निर्वाचन समितिका कुनै पनि आयुक्त वा निर्वाचन अधिकृतहरुले कुनै पनि पदको हक दावी गर्न पाउने छैनन् । उम्मेदवारको प्रस्तावक, समर्थक बन्न वा महाधिवेशनको अवधि भर कुनै पनि उम्मेदवारको पक्षविपक्षमा वोल्न या सघाउन पाउने छैनन् ।
७. उम्मेदवारहरुले आफ्नो प्यानल खडा गरी समूहिक उम्मेदवारी दिन तथा समुहगत प्रचार गर्नलाई समेत आचार संहिताको उलंघन भएको मानिने छ । सो अबस्थामा निर्वाचन समितिले आवश्यक कार्वाही गर्नुको साथै उम्मेदवारीबाट समेत बन्चित गराउन सक्नेछ ।
८. कार्य समितिमा उम्मेदवारी दिन चाहने उम्मेदवारहरुको योग्यता देहाय वमोजिम हुनेछ ः राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदको उम्मेदवारीका लागि अन्तर्राष्ट्रिय समन्वय परिषदको विधानको दफा २३.११ लागु हुनेछ । अध्यक्ष पदको उमेदवार बन्नको लागि निज अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य वा राष्ट्रिय समन्वय परिषदको पदाधिकारी भै एक कार्यकाल पुरा गरेको हुनुपर्नेछ ।
आइसीसी सदस्यको लागि अन्तर्राष्ट्रिय समन्वय परिषदको पदाधिकारी वा सदस्य वा कुनै पनि राष्ट्रिय समन्वय परिषदको पदाधिकारी वा सदस्य भई कम्तीमा १ कार्यकाल कार्य गरेको हुनुपर्नेछ ।
अन्य कार्यकारीको हकमा गैरआवासीय नेपाली संघको पन्जिकृत सदस्य भएको व्यक्ति हुनु पर्नेछ ।
९. गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सन २०२५–२०२७ को कार्य समिति देहाय वमोजिम हुने भएकोले इच्छुक व्यक्तिले योग्यताको आधारमा कुनै पनि पदमा उम्मेदवारी दिन सक्नेछन् ः
अध्यक्ष १ जना
वरिष्ठ उपाध्यक्ष १ जना
उपाध्यक्ष २ जना
महिला उपाध्यक्ष १ जना
महासचिव १ जना
सचिव २ जना
कोषाध्यक्ष १ जना
सह–कोषाध्यक्ष १ जना
युवा संयोजक १ जना
युवा सह–संयोजक १ जना
महिला संयोजक १ जना
महिला सह–संयोजक १ जना
निर्वाचित सदस्य १२ जना
मनोनित सदस्य १/४ जना
१०. गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको अध्यक्ष, उपाध्यक्ष्य, महासचिव लगायतका पदाधिकारी पदका लागि उम्मेदवारी दिन चाहने व्यक्तिले कुवेत स्थित अन्य संघसंस्थाको प्रमुख पदवाट पदत्याग गरि आउनु पर्नेछ । (प्रमुख पद भन्नाले अध्यक्ष, उपाध्यक्ष र महासचिवलाई चिनिन्छ)
११. गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतमा उमेदवारी मनोनयन दर्ता पछि उमेदवारको विरुद्ध गैरकानूनी तथा गैरजिम्मेवारीपूर्ण काम गरेको उजुरी आएमा साथै कुवेतको कानून विपरित कृयाकलाप भएको ठहर भएमा वा यस संघको पुर्वकालमा कुनै पनि पदमा रही बेरुजु फछ्र्यौट नभएको पाइएमा निर्वाचन समितिले निजलाई छानविन गरि प्रमाणीत भएमा उमेदवारी रद्द गर्न सक्नेछ ।
१२. उम्मेदवारी दर्ता गराई सकेपछी उम्मेदवारी फिर्ता लिए पनि सो बापत बुझाइएको शुल्क फिर्ता हुनेछैन ।
१३. निर्वाचन समितिका संयोजक तथा सदस्यहरुलाई उम्मेदवारले आफ्नो पक्षमा पार्नको निम्ति कुनै पनि किसिमको अवान्छनिय वा प्रभावित पार्ने कार्य गरेको प्रमाणित भएमा सम्बन्धित उम्मेदवारको उम्मेदवारी खारेजी हुनेछ । उम्मेदवार भएको व्यक्तिले अर्को उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको पाइएमा प्रस्तावक र समर्थक बस्ने उम्मेदवारको उम्मेदवारी स्वतः खारेज हुनेछ ।
त्यसै गरि निर्वाचन समितिले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्य तालिका अनुसार
१ नयाँ सदस्यता दर्ता तथा नविकरण १० जुलाइ २०२५ बिहिबार साँझ ७ बजे सम्म ।
२ पञ्जिकृत सदस्यको नामावली सार्वजनिक ११ जुलाइ २०२५ शुक्रबार साँझ ७ बजे ।
३ पञ्जिकृत सदस्यको अन्तिम नामावली सार्वजनिक १२ जुलाइ २०२५ शनिबार दिउँसो २ बजे ।
३ उम्मेदवारहरुले उम्मेदवारी दिने १२ जुलाइ २०२५ शनिबार दिउँसो २ बजे देखि साँझ ७ बजे सम्म ।
४ उम्मेदवारहरुको प्रथम सूची प्रकाशन १२ जुलाइ २०२५ शनिबार राती ९ बजे ।
५ उम्मेदवार विरुद्ध दावी बिरोध तथा उजुरी १३ जुलाइ २०२५ आइतबार बिहान १० बजेदेखि साँझ ५ बजे सम्म ।
६ उम्मेदवारले उम्मेदवारी फिर्ता लिने १३ जुलाइ २०२५ आइतबार साँझ १० बजे सम्म ।
७ उम्मेदवारहरुको अन्तिम सूची प्रकाशन १४ जुलाइ २०२५ सोमबार बिहान ११ बजे
८ नवाैं राष्ट्रिय महाधिवेशन १८ जुलाइ २०२५ शुक्रबार बिहान ९ बजे देखि ६ बजे सम्म हुने छ ।
सार्वजनिक भएकाे निर्वाचन आचार संहिता र निर्वाचन कार्यतालिका जस्ताको तस्तैः
NRNA Election Code of Conduct 2025 – 1
NRNA Election Schedule 2025 – 2