Saturday 26th July 2025

काठमाण्डाैंमा ३ वर्ष भित्रमा मोनोरेल संचालन हुने


तितोपाटी – काठमाडौं उपत्यकामा तीन वर्षभित्र मोनोरेल सञ्चालन हुने भएको छ । काठमाडौं र ललितपुर महानगरपालिकाले चीनको निर्माण कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन (सिआरसिसी) सँग मोनो रेल चलाउने सम्बन्धमा सहमति गरेका छन् । काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन तथा सिआरसिसीका महाप्रबन्धक झाउ सिआओबीच उपत्यकामा मोनो रेल निर्माणबारे बिहीबार हस्ताक्षर भएको हो ।

एक खर्ब १६ अर्ब लागत अनुमान गरिएको मोनो रेलका लागि आवश्यक संरचना तीन वर्षमा निर्माण गरिने सम्झौता गरिको छ । मोनोरोलको संरचना निर्माण भएपछि चिनियाँ कम्पनीले केही समय सञ्चालन गरेर हस्तान्तरण गर्ने सहमति भएको छ ।

विज्ञहरुसँग छलफल गरेर एक महिनाभित्र चिनियाँ कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न दिइने भएको छ ।

तीन चरणमा निर्माण गर्ने गरी सम्झौता भएको काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । उनका अनुसार ६ महिनाभित्र डीपीआर तयार गरि तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ ।

कोटेश्वर-कलंकी, कलंकी-महाराजगन्ज र महाराजगन्ज-कोटेश्वर खण्ड गरी तीन चरणमा मोनोरेलको निर्माण हुनेछ । महानगरमा तीन हजार यात्रु बोक्न सक्ने र प्रतिघण्टा एक सय किलोमिटर दगुर्ने मोनो रेल सञ्चालन हुने छ ।

मोनो रेलबारेको प्रारम्भिक अध्ययनले उपत्यकामा भौगर्भिक, वातावरणीय, प्राविधिक र आर्थिकरुपमा सञ्चालन गर्न सकिने देखिएको छ । काठमाडौं र ललितपुरमा मोनोरेलका २१ वटा स्टेसन हुनेछन् ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...