Thursday 19th March 2026

लघु कथाः विश्वास


कमला देवकोटा – एक पटक गधाको दुई छोरा( पाजी) जन्मे। बढ्दै गएपछि एक जमिन्दारकहाँ पुगेछ, अर्को चाहिँ किसान कहाँ।
किसानकोमा बस्ने पाजी अति कडा परिश्रमी भयो। एकै क्षण पनि फुर्सद मिल्दैनथ्यो। दिनभर भारी बोक्दा बोक्दा लोथ हुन्थ्यो। बेलुकी दाना खाएपछी मजाले निदाउँथ्यो। शोक केही गर्दैनथ्यो।
अर्को जमिन्दारकोमा बस्नेलाई आराम थियो। मीठो खाना पाउँथ्यो। सिंगारिएको थियो, बाल बच्चालाई घुमाउन लैजान्थ्यो तर निद्रा पटक्क पर्दैनथ्यो। किनकी आफुलाई मन लागेको ठाउँमा जान मिल्दैनथ्यो। बराबर पिटाई खान्थ्यो।
एक दिन ती दुई अचानक बाटोमा भेटिए।
तब किसानकहाँ बस्ने पाजीले भन्यो, साथी तिमी र म एकै दिन जन्मेका हौँ। तिमीलाई कति सुख छ हैन? मलाई त सारै गाह्रो । कहाँको मीठो खाना, कहाँको घुमघाम। भारी बोक्दा बोक्दै सबै रौँ खुईलिईसके। खान मीठो छैन तै दिनभरीको परिश्रमले निदाएकोछु। अर्को पाजीले भन्यो,तिम्रो दुखेसो त तिमीले पोख्यौ साथी। तिमीले देख्दा जस्तो मलाई पनि कहाँ छ र ? खान र राम्रो लाउन पाउँदैमा के मनमा आनन्द हुन्छ र? पराधिन जस्तो गाह्रो केही हुँदैन हेर। उनीहरुको ईशारामा हिँड्नुपर्छ। नत्र कोर्‍आ का कोर्‍आ त हो। मात्र हेर म उसको घरमा किन बसेकोछु? थाहा छ? साथीले जिज्ञासा राख्यो किन त तेस्तो अधिनमा बसेको? बरु आउ म सङ्गै बस। काम माम अनि आराम चिन्ता हराम। अनि अर्कोले भन्यो, किन बसेकोछु भने सँधै जमिन्दार सापले भन्नुहुन्छ। मैले भनेको हरेक कुरा मान् यदि मेरो आदेश मानिस् भने मेरी छोरी सङ्ग तेरो बिहे गरिदिनेछु। तेहीँ बिस्वासले त आज सम्म टिकिरहेकोछु साथी जमिन्दारको ज्वाइँ बन्न पाउने आशामा।

-पाल्पा


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...